सिद्धार्थ बैंकले थप्यो तीन शाखा

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार काठमाडौं को नेपालटार तथा भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको हो ।

बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका सहित अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया