खुमलटारमा जनता बैंकको शाखा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको बैंक सञ्चालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तारलाई तीव्रता दिएको जनता बैंकको शाखा सञ्जाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । बैंकले १०८ एटिएम, ५० शाखारहित बैंकिङ, १ सीमित बैंकिङ इकाइ, ३ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया