काठमाडौँ । गायक तेजश रेग्मी र गायिका कल्पना काफ्लेको आवाजमा रहेको तिज गीत ‘जादु मन्तर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कामना डिजिटल प्रालिको प्रस्तुती भएको उक्त गीतमा गायक रेग्मिकै शब्द रचना तथा संगीत रहेको छ ।
राग स्टुडियोमा रेकर्ड गरिएर तयार पारिएको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् । सोही गीतको भिडियोमा मोडेल अञ्जली अधिकारी, गायक तेजश रेग्मी र सन्तोष सापकोटाले आभिनाय गरेका छन् । त्यस्तै अनुभवी निर्देशक शिव बिकले निर्देशक गरेको उक्त भिडियो अजय रेग्मीको छायांकन तथा सुजन शाहीले सम्पादन गरेका छन् ।
हिन्दु नारीहरुको बिशेष पर्व हरितालिका तिजलाई लक्षित गरी गीत बजारमा ल्याएको गायिका कल्पनाले जानकारी दिइन् । माया प्रेमका बिषयलाई जोडेर मौलिक शब्द उक्त गीतले पछ्याएको गीतका सर्जक तथा गायक तेजशले दाबी गरे ।
प्रतिक्रिया