दैलेख । नेपाल खाद्य संस्थान दैलेखले दैलेखका पाँच वटा गाउँपालिकामा खाद्य डिपो सञ्चालन गर्ने भएको छ । जिल्लाका दुर्गम ठाउँमा खाद्य डिपो सञ्चालन गर्न लागेको हो ।
दैलेखका दुई वटा दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा खाद्य डिपो सञ्चालनका लागि अन्तिम तयारी भइरहेको छ । भगवतीमाई गाउँपालिका र नौमुले गाउँपालिकामा खाद्य सञ्चालनका लागि खाद्य समिति दैलेखले नेपाल खाद्य संस्थानको केन्द्रीय कार्यालयमा पत्र पठाएको नेपाल खाद्य संस्थान दैलेख शाखाका प्रमुख रणबहादुर ऐरीले जानकारी दिएका छन् ।
यता चामुण्डा बिन्द्रासैनी नगरपालिकाले खाद्य डिपोका लागि आव ०७६÷७७ को बजेटअन्तर्गत १५ लाख बजेट विनियोजनसमेत गरिसकेको छ । गएको २२ चैत राती परेको ठूलो प्राकृृतिक प्रकोप (असिना) बाट प्रभावितलाई राहत उपलब्ध गराउनका लागि खाद्य डिपो स्थापना गर्न लागेकोे चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताएका छन् । खाद्य डिपो स्थापना भइसकेपछि नगरवासीले सहुलियतमा खाद्यान्न सामग्री खरिद गर्न पाउने अपेक्षा गरिएको छ । दैलेख खाद्य संस्थान कार्यालय मातहतमा रहने गरी, केन्द्रीय कार्यालयबाट छिट्टै अनुमति ल्याई तत्काल असिनापीडितको राहतका लागि पहल गरिने जनाइएको छ ।
द्वन्द्व कालमा खारेज भएका दुल्लु र ठाटीकाँधका डिपो सञ्चालनसँगै जिल्लाकै दररेटमा खाद्यान्न पु¥याउने तयारी अन्तिम चरणमा छ । उता जाजरकोटका केही भागहरू, भगवतीमाई सबै समेट्ने गरी भगवतीमाई गाउँपालिकाको बेस्तडामा डिपो सञ्चालन गर्ने लागिएको छ । हालसम्म दैलेख बजारको खाध्य संस्थानबाटै खाद्यान्न पु¥याउने गरेको भए पनि सबैको सहजता होस् भन्ने उद्देश्यले विभिन्न ठाउँमा खाद्य डिपो सञ्चालन गने लागिएको नेपाल खाद्य संस्थान शाखा दैलेखले जानकारी दिएको छ ।
हाल दैलेख खाद्य संस्थानमा भैपरी आउने खाद्य समस्याका लागि ६ सय क्विन्टल खाद्यान्न स्टक रहेको र दैलेख जिल्लाबाट कर्णालीका अन्य जिल्लामा खाद्यान्न पु¥याउन सजिलो र कम लागत लाग्ने भएकाले दैलेखमा २५ सय क्विन्टल अटने क्षमताको भवन स्थापना र घेराबारका लागि केन्द्रसँग माग गरिएको ऐरीले बताएका छन् ।
दैलेख
प्रतिक्रिया