विराटको कप्तानीमाथि प्रश्न

एजेन्सी, लन्डन । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले हारेपछि विराट कोहलीको कप्तानीमाथि प्रश्न उठ्न थालेको छ ।
भारतको पूर्वकप्तान सौरभ गांगुली र पूर्वखेलाडी सचिन तेन्दुलकरले विराटले महेन्द्रसिंह धोनीलाई सातौँ नम्बरमा ब्याटिङ गर्न पठाउनु गल्ती भएको बताए ।

नियमित रूपमा धोनी पाँचौ नम्बरमा ब्याटिङ गर्न आउँथे । तर, न्युजिल्यान्डविरुद्धको खेलमा भने साताँै नम्बरमा आए । यही भारतको एउटा गल्ती भएको पूर्वकप्तान गांगुली र सचिनको आरोप छ । धोनीभन्दा अघि नै हार्दिक पाण्ड्या र दिनेश कार्तिकलाई ब्याटिङ गर्न पठाइयो । दुई सय ४० रनको लक्ष्य पनि भारतको लागि सहज बनेन ।

२०११ को विश्वकप भारतले जित्दा फाइनल खेलमा श्रीलंकाविरुद्ध धोनी चौथो नम्बर ब्याटिङ गर्न आएका थिए । त्यसवेला पनि भारतको महत्वपूर्ण तीन विकेट गुमेको थियो । वीरेन्द्र सेहवाग, सचिन तेन्दुलकर र विराट कोहली सस्तैमा आउट भएका थिए भने खेल श्रीलंकातर्फ धकेलिसकेको थियो ।

तर त्यसबेला कप्तान धोनीले ७९ बलमा ९१ रनको उत्कृष्ट पारी खेल्दै भारतलाई च्याम्पियन बनाएका थिए । किनभने चौथो नम्बरमा भारतका युवराज सिंहले ब्याटिङ गर्दै आएका थिए । तर, उनको फाइनलमा उनी युवराजभन्दा अघि आएका थिए । भारतीय क्रिकेट टिमका पूर्वकप्तान गांगुलीले भनेका छन्, ‘यहाँ धोनीले ब्याटिङ कस्तो ग¥यो भन्ने मुख्य कुरा होइन । यदि धोनी पहिले नै आएको भए युवा खेलाडीलाई संयमित भएर ब्याटिङ गर्न सिकाउँथे ।’

रिषभ पन्त सेट भएका थिए । तर मिचेल सार्टनरको बलमा उनी खराब सर्ट प्रहार गर्दै आउट भए । यस्तो अवस्थामा राम्रो सल्लाह गर्ने खेलाडीको आवश्यकता थियो । उनले थपेका छन्, ‘यस्तो अवस्थामा कोही अनुभवि खेलाडीको आवश्यकता थियो । क्रिजमा धोनी भएका भए यस्तो गलत प्रहार गर्न दिने थिएनन् ।

रवीन्द्र जडेजा र धोनीको बीचमा राम्रो कुराकानी भइरहेको थियो र उनीहरूले राम्रो साझेदारी गरे । धोनीलाई सातौँ नम्बरमा पठाउन हुँदैन थियो ।’ सचिनलाई पनि लाग्छ कप्तान विराटले सातौँ नम्बरमा पठाएर गलत ग¥यो । सचिनले भने ‘दिनेशलाई पाँच नम्बरमा खेल्न पठाउनु बुझन सकेको छैन ।’

प्रतिक्रिया