बैंक अफ काठमाडूको सहायक सिईओमा डागा

काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ ।

कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एशियामा १३ वर्ष कार्य सम्पादनको अनुभव हासिल गरेका छन् ।

बैंक अफ काठमाण्डूमा नियुक्ती प्राप्त गर्नु अघि बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया