शिल्पा र छविको अब झगडा नगर्ने सहमति

काठमाडौँ । चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलबीच भएको झगडाको बिषयलाई लिएर नायिका पोखरेल प्रहरी समक्ष पुगेपछि चौतर्फी चर्चा भएको थियो ।

तर, अब भने उनिहरुले झगडा नगर्ने सहमति गरेको प्रहरीले जनाएको छ । आज महानगरीय प्रहरी परिसर काठमाडौँले बिहीबार उनीहरुलाई सहमति गराएको हो । दुबै पक्षलाई टेकुमा बोलाएर सहमति गराएको प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

गत सोमबार छविविरुद्ध शान्ति सुरक्षाको माग गर्दै शिल्पाले उजुरी दिएकी थिइन् । गोप्य रुपमा विवाह बन्धनमा बाँधिएका शिल्पा र छविको जोडीको विवाहको विषय गतवर्ष खुलेको थियो । नायिका रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग नजिकिएका थिए ।

प्रतिक्रिया