रकम लिँदै गर्भपतन गर्दै

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा खुलेयाम गर्भपतन गर्दै आएको घटना बाहिर आएको छ । मिर्चैयाको कटारी चोकस्थित रहेको मिर्चैया नर्सिङ होम प्रालिले खुल्लेआम रूपमा अबैध तरिकाले मोटो रकम लिई गर्भपरीक्षण तथा गर्भपतन गर्ने कार्य गरिरहेको रहस्य खुलेको छ ।

मिर्चैया नर्सिङ होम प्रालिका डा.सुभाष यादबले सिरहा जिल्ला गुलरिया बंगठिया घर ठेगाना भएका एक महिलालाई चार महिनाको गर्भपतन गरेर बच्चा निकालेपछि यो घटना बाहिर आएको छ । घटना बाहिर भए लगत्तै प्रहरी र स्थानीयहरू नर्सिङ होम पुगेका थिए । उक्त महिलालाई मिर्चैयामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा पठाइएको स्रोतको भनाइरहेको छ । मिर्चैया नर्सिङ होम प्रालिले विगतदेखि नै यस्तो कार्य गर्दै आएको स्थानीयहरूको कथन रहेको छ ।

यस विषयमा नर्सिङ होमका डाक्टर शम्भु यादवसँग फोन सम्पर्क गरी बुझ्दा पहिलादेखि नै उनलाई रक्तश्राव भइरहेको बताए । हामीले उपचार गरी डिस्चार्ज गरेपछि बाटोमा जाँदा बढी रक्तश्राव भएको उनको भनाइ थियो । महिला दुई महिनाको गर्भवती थिइन् ।

प्रतिक्रिया