गिनिजमा नाम लेखाउने धोको

काठमाडौं । लगातार ११५ घन्टा पढेर गिनिज बुक (वल्र्ड रेकर्ड) मा नाम लेखाउने तयारीमा बझाङको जयपृथ्वी नगरपालिकाका मुकेशराज जोशी लागेका छन् । उनले लगातार विभिन्न किताब पढेर गिनिजमा नाम लेखाउने तयारी गरेको बताएका छन् ।

आगामी २३ भदौबाट गिनिज इभेन्ट्सको आयोजनामा पढाई सुरु हुने कार्यक्रममा जोशीले आफ्नो क्षमता देखाउने छन् । गोल्डेन आई डान्स सेन्टर उक्त कार्यक्रमको सहआयोजक रहेको निगिज इभेन्टका अध्यक्ष तथा मोटिभेसनल स्पिकर सन्तोष लामाले बताए । जोशीले इतिहासलगायत विभिन्न प्रख्यात व्यक्तिका जीवनी तथा अन्य किताब पढ्ने जनाइएको छ ।

प्रतिक्रिया