महालक्ष्मी बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ । बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनेछ । यसका साथै फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउने छन ।

प्रतिक्रिया