सर्पको टोकाइबाट १७ वर्षीया किशोरीको मृत्यु

दैलेख । कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट १७ वर्षीया किशोरीको मृत्यु भएको छ । दैलेखको महाबु गाउँपालिका वडा नं ५ काशिकाँधकी १७ बर्षीया बालिका टिका कुमारी शाहीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मंगलवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृतक किशोरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र शाहीकी छोरी हुन् ।

उनी दैलेख सदरमुकामस्थित नारायण नगरपालिका–१ पुरानो बजारमा बस्दै आएकी थिइन् । उनलाई सोमवार राती दुई बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सर्पले बाँया कानमा टोकेपछि किशोरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो । उपचारकै क्रममा आज विहान ११ः ३० बजे उनकाे मृत्यु भएको हो ।

प्रतिक्रिया