फेसबुकमा रिप लेखी युवायुवतीले गरे एउटै डोरीमा पासो लगाइ आत्महत्या

दार्चुला । दार्चुलामा एउटै डोरीमा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ जिल्ला सदरमुकाम खलंगाको एक होटेलमा विवाहित महिला÷पुरुष एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बता । शैल्यशिखर नगरपालिका–५ आगरका अन्दाजी ३० वर्षीय महादेवसिंह डाँगा र मालिकार्जुन गाउँपालिका–४ औतालेकका मनिषा डाँगा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्  । उनिहरुको आफन्तका अनुसार महादेवका घरमा दुई पत्नी छन् भने मनिषाको जेठ महिनामा मात्रै विवाह भएको थियो । मनिषाको माइती घर भने शैल्यशिखर नगरपालिका–५ आगर नै हो । मृतक दुबै छिमेकी मात्रै नभई नाताले दाजुबहिनीसमेत रहेका आफन्तहरूले बताएका छन् । शैल्यशिखर–५ आगर माइतीघर भएकी मनिषाको गत जेठ महिनामा मात्रै मालिकार्जुन गाउँपालिका–४ औतालेकमा विवाह भएको थियो । सोमबार साँझतिर सदरमुकाम आइपुगेका नाताले दाजुबहिनी भए पनि होटेल सञ्चालकसँग पति÷पत्नी नाता भनेका थिए । उनिहरुले मंगलबार बिहानै जानुपर्ने जानकारीसमेत गराएका थिए । मंगलबार बिहान होटेल सञ्चालक कोठामा जाँदा ढोका नखोलेको र झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

फेसबुकमा रिप लेखी फोटो पोस्ट


मृतक दुबैको फोटो सोमबार नै फेसबुकमा ‘रिप’ लेखी पोस्ट गरिएको छ । मृतक महादेव डाँगाको नाममा खोलिएको फेसबुक आइडीमा सोमबार राती ११ बजेर १७ मिनेटमा मृतक दुबैको युगल फोटो फेसबुकमा पोस्ट भएको पाइएको छ । मृतक महादेव सिँह डाँगा नामबाट खोलिएको फेसबुक आइडीमा अन्तिम पोस्टमा दुबैको फोटोसहित रिप लेखेर पोस्ट भएको छ ।

महादेवको फेसबुक आइडीमा यसअघिका विभिन्न पोस्टहरूमा पनि मृतक मनिषा र महादेवको फोटोमा ‘बहिनी र म’ लेखेर पोस्ट गरिएका थिए । २१ जुन अर्थात् असार ६ गतेको पोस्टमा सोही फेसबुक आइडीमा युगल फोटो सहितको फोटो पोस्ट गरिएको थियो । घटनाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका गरिएको प्रहरी श्रोतले बताएको छ ।

घट्नास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाही, प्रहरी प्रवक्ता हिक्मतबहादुर बोहरा लगायतको प्रहरी टोली पुगेको थियो । मृतकका आफन्त आइपुगेपछि मात्रै शव उठाउने प्रहरीले जनाएको छ । सदरमुकाम खलंगाको एक होटेलमा घट्ना भएकाले होटेल सिलगरी घट्नास्थलमा प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया