सुर्खेत । कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका धेरैजसो कर्मचारीहरु होटेलहरुमा भेटिने गरेको बताएका छन् । ‘मन्त्रालयका कर्मचारीहरु कर्णालीको राजधानी र जिल्ला जिल्लाका होटलहरुमा भेटिनुहुन्छ, सांसद रेग्मीले भने, ‘सामाजिक विकास मन्त्रालयका बजेट अन्तरक्रिया र गोष्ठिमा सिमित भएका कारण पनि यस्तो भएको होला ।’
सोमबार कर्णाली प्रदेशको प्रदेशसभामा बोल्दै सांसद रेग्मीले भने, ‘हामी जनताको दैनिकी परिवर्तन चाहन्छौ, तर तौर तरीका र त्यहाँसम्म जाने बाटो मिलेको छैन् । कर्णालीको बजेट जनचहाना अनुसार नभएको उनको टिप्पणी थियो । कर्णाली प्रदेशले बजेट ल्याएसंगै आफुले बधाई दिनु पर्ने थियो तर त्यो हुुन सकेन ।
कर्णाली प्रदेश सरकाले अन्र्तक्रिया, गोष्ठी छलफल गर्ने बजेट ल्याएको छ । प्रदेश सरकारको महत्पपुर्ण निकाय सामाजिक विकास मन्त्रालय भए पनि कर्णाली प्रदेशमा आर्थिक सामाजिक अधिकारको हनन् भएको उनको भनाई थियो । ‘अन्याय भएको सबै तिर आवाज उठिरहेको छ’, उनले भने, ‘सरकारले बजेट निर्माण गर्दा सदरमुकाम केन्द्रित बनाएको छ ।’
सांसद रेग्मीले सरकारले गाउँ स्तरलाई हेरेर बजेट निर्माण गर्नुपर्ने भए पनि त्यस्तो नगरेको पाइएको बताउँदै प्रदेश सभा सदस्यको अन्तरप्रदेश भ्रमण गर्ने र बिशिष्टि ब्यक्तिहरुको सकारात्मक सोच अभिवृद्धि गर्ने कार्यक्रम भने राम्रो भएको धारण राखेका थिए ।
दैलेख
प्रतिक्रिया