मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताएका छन । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ गर्‍यो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित गर्‍यो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए पनि पछि भारतीय दबावमा रोकिएको सार्वजनिक भएपछि सरकार आलोचित छ ।

प्रतिक्रिया