राष्ट्रिय टिमका कराते टोलीको बिदाई

काठमाडौं । थाईल्यान्ड खुल्ला कराते च्याम्पियनपसपमा सहभागि हुन जाने राष्ट्रिय टिममा रहि ते¥हौं दक्षिण एसियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराते टोलीलाई आज एक कार्यक्रम विच तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बि.क.ले कराते हल, सातदोबाटोमा बिदाई गरे ।

मित्र राष्ट्र थाइल्यान्डको बैंङककमा यहि आषाढ २५ देखि २९ सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रवी महर्जन रहेका छन् । खेलाडीहरूमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी), मण्डेकाजी श्रेष्ठ (एकल तथा टिम काता), सुभाष कार्की तथा प्रविन मानन्धर (टिम काता), सनि तामाङ (६८ केजी), अस्मिता राई (५३ केजी) चन्चला दनुवार (एकल काता), निर्मला तामाङ, सरू कार्की र कोपिला बिष्ट (टिम काता) रहेका छन् ।

टोलीलाई शुभकामनासहित बिदाई गर्दै प्रमुख अर्जुन विकले राष्ट्रिय टिममा १३औं सागको तयारी गरिरहेका खेलाडीहरूले आफुलाई १३औं सागमा पदक हात पार्न सफल हुने प्रमाणित गर्नेमा आफू विश्वस्त रहेको बताए । तालिम तथा प्रशिक्षण विभाग प्रमुख महेन्द्रकुमार राईले यस च्याम्पियनसिपमा सहभागिताले खेलाडीको परीक्षण हुने भन्दै खेलाडीहरूका लागि अनुभवको अवसर हुने बताए ।

बिदाई कार्यक्रमको अध्यक्षता गरेका नेपाल कराते महासंघका महासचिव हरिसरण के.सी.ले खेलाडीहरूलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय टिममा पर्ने खेलाडीहरूले आफूलाई प्रमाणित गर्नुका साथै खरो रूपमा उत्रंदै पदक हात सफल हुने विश्वास व्यक्त गरे । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया