चिकित्सा क्षेत्रमा सुरक्षाको प्रश्न

चिकित्सा क्षेत्रमा देखिने यस प्रकारका द्वन्द्वगत मनोभावनाहरू अन्तमा दुवै पक्षको मनोमानी राजीखुसीमा केही रकमको लेनदेनपश्चात् टुंगिने गरेको तथ्यले के दर्शाउँछ भने निश्चित रूपमा स्वास्थ्य सेवाजस्तो मर्यादित क्षेत्रमा पनि आर्थिक गतिविधिले प्रश्रय पाएको देखिन्छ । जसबाट गम्भीर प्रश्न चिह्न खडा हुन गएको छ

चिकित्सा क्षेत्र यस्तो पवित्र स्थल हो, जहाँ कुनै पनि मानव सम्प्रदायको विना भेदभाव रोग पहिचान गरी निदान गर्ने भगिरथ प्रयत्न गरिन्छ । सेवारत चिकित्सकले आत्मा साक्षि राखी मन, वचन र कर्मले विभिन्न प्रकारका स्वास्थ्य समस्याले घेरिएर आएका समूहको आफ्नो योग्यता, दक्षता एवं विवेकको सही एवं यथोचीत प्रयोग गर्दै रोग पहिचान गरी सेवाभाव यूक्त ब्यवहारले जीवन—मरणको दोसाँधमा रहेका सम्बद्ध पक्षको अपवादबाहेक अन्य अवस्थामा अहोरात्र सेवामा समर्पित रहने चेष्टा राखेकै हुन्छन् ।

कुनै पनि स्वास्थ्य संस्था चाहे त्यो सरकारी स्तरबाट सञ्चालनमा आएको होस् अथवा नीजि क्षेत्रको सहयोगबाट सञ्चालनमा आएको नै किन नहोस् । यस् प्रकारको संस्थामा मानवसेवा धर्मसहितको स्वास्थ्य सेवालाई व्यवहारमा उतार्ने हो भने, चिकित्सा सेवाजस्तो सेवामूलक संस्थामा कहिलेकाहिँ देखिने गरेको असामान्य व्यवहारहरू क्रमशः न्यूनीकरण हुँदै जानेछ, भन्ने अपेक्षा राख्न सकिन्छ । तत्पश्चात सुधारका लक्षणहरू आफैँ प्रतिविम्बित हुनेछन् । यस क्षेत्रमा औषध उपचारको क्रममा मानिसहरूको मृत्यु—अंगभंग हुने कुरालाई सामान्यीकरण नै मान्नुपर्ने हुन्छ । तथापि यस प्रकारका पिडाहरू निश्चय पनि भयाभय हुनेछन् । जुन समूह प्रस्तुत पिडाको वास्तविक भागिदार रहन्छ, उक्त समूहबाहेक अन्य आम जनसमुदायलाई पिडाको यथार्थ बोध पक्कै पनि हुने छैन भन्दा फरक नपर्ला ।

उपचारको सिलसिलामा भएको मृत्यु—अंगभंगले जब राजनीतिक रंग लिन थाल्नेछ तत्पश्चात् समस्याले उग्रता हासिल गर्ने परिस्थितीको निमार्ण हुने देखिन्छ । यद्दपि, जानाजानी अपवादबाहेक चिकित्सा क्षेत्रले मृत्यू वा मानवअंगको व्यापार पक्कै पनि गर्ने छैनन् । किनकि, चिकित्सक, बिरामी, अस्पताल व्यवस्थापन, सुरक्षामा आबद्ध रहने सुरक्षाकर्मीहरूको समन्वयात्मक भूमिकापश्चात् मात्र यस क्षेत्रले निरन्तर रूपमा सेवा विस्तार गर्न सम्भव रहने हुँदा यस प्रकारका गैरकानुनी कार्यहरूले सहज रूपमा प्राथमिकता प्राप्त गर्न सक्लान् भन्ने कुरामा सहजै विश्वास गर्न सकिँदैन ।

कुनै पनि विरामी औषध उपचारको क्रममा यस क्षेत्रमा प्रवेश गर्दा जाँचप्रताल गरिएपश्चात् अवस्थाअनुसार आवश्यक परे शल्यक्रिया वा औषधोपचार विधिबाट रोग—निरोध गर्ने प्रवीधि विश्व प्रसिद्ध चिकित्सकीय उपचार पद्धतिको विविध रूपहरू हुन् । यस सन्दर्भमा अस्पताल ब्यवस्थापनले उपचार पूर्व निश्चित रूपमा केही कानुनी अवधारणहरूलाई अवश्य पनि पूरा गरेकै हुन्छन् । यसै अवधारणाको आधारमा मात्र स्वास्थ्य सेवामा समर्पित रहेका चीकित्सक वा अन्य सहयोगीहरूले नियतवश गम्भिर लापरवाही गर्दै जिउज्यानमा हानिनोक्सानी पु¥याउने कार्य गर्दछन् भने निश्चित रूपमा उक्त कार्य गैरकानुनी हुनुको साथै दण्डनीयसमेत हो ।

यती हुँदाहुँदै पनि दुभाग्र्यवश भवितब्यमा परी कुनै प्रकारको मानवीय क्षति वा अन्य हानि—नोक्सानी हुन गएमा त्यसको वास्तविक जिम्मेवार कुन पक्षको रहने भनी बिरामी पक्ष एवं अपस्ताल व्यवस्थापन विचको जुहारीले हिजोआज नेपाली समाजमा निक्कै नै सरगर्मि छाएको छ । जसका कारण द्वन्द्वगत मनोभावनाको विकास भई अराजक परिस्थितिको सामना गर्नुपर्ने अवस्था तयार हुनेछ ।

यस प्रकारको व्यवहारले कुनै पनि पक्षलाई फाइदा पु¥याउने देखिँदैन । तसर्थः दुवै पक्षले संयमित रहँदै कार्य गर्ने हो भने, सौहार्दपूर्ण वातावरणमा जटिलभन्दा जटिल समस्याको हल गर्न सहज हुनेछ ।

अप्रत्यासीत रूपमा घटने यस प्रकारका नकारात्मक प्रवृतिका घटना पश्चात् अस्पतालहातामा तोडफोड एवं चिकित्सकमाथि गरिने दुव्र्यवहार आदि कारणले के देखाउँछ भने पक्कै पनि स्वास्थ्य सेवाजस्तो अति संवेदशील क्षेत्र पनि यदाकदा अराजक अवस्थाबाट अछुतो रहन सकेको छैन । जसलाई त्यती शोभनीय व्यवहार कदापी पनि मान्न सकिँदैन । यस क्षेत्रमा तात्कालीन अवस्थामा रहेका पीडित पक्ष बाहेक अन्य पक्ष पनि शान्त वातावरणमा स्वास्थ्य लाभ लिइरहेका हुन्छन् भन्ने तथ्यलाई हेक्का राखी अन्य स्वास्थ्य लाभ लिने पक्षको हकअधिकारलाई कुनै पनि हालतमा कुण्ठित पार्नु हँुदैन भन्ने नैतिक जिम्मेवारी सबैको रहनेछ ।

चिकित्सा क्षेत्रमा देखिने यस प्रकारका द्वन्द्वगत मनोभावनाहरू अन्तमा दुवै पक्षको मनोमानी राजीखुसीमा केही रकमको लेनदेनपश्चात् टुंगिने गरेको तथ्यले के दर्शाउँछ भने निश्चित रूपमा स्वास्थ्य सेवाजस्तो मर्यादित क्षेत्रमा पनि आर्थिक गतिविधिले प्रश्रय पाएको देखिन्छ । जसबाट गम्भीर प्रश्न चिह्न खडा हुन गएको छ ।

यहानेर मूलभूत रूपमा यक्ष प्रश्नले प्रधानता पाएको देखिन्छ । प्रस्तुत असमान्य अवस्था कायम रहे सम्बद्ध क्षेत्रमा आबद्ध रहने चिकित्सकले बिरामीको औषध उपचार गर्ने वा नगर्ने । यदि औषध उपचार गर्नै पर्ने भए चिकित्सकको पूर्ण सुरक्षाको ग्यारेण्टी कुन पक्षको रहने भन्ने सन्दर्भमा समयमा नै निक्र्योल हुनुपर्ने । यसका बावजुद पनि यदि सुरक्षाको कारण दर्शाएर चिकित्सा क्षेत्रले बिरामीको बेवास्ता गर्ने परिपाटीको विकास भए स्वास्थ्य लाभ लिने समूहको न्यूनत्तम मानवोधिकारको रक्षा गर्दै मानव भएर बाँच्न पाउने जन्मसिद्ध अधिकारलाई कुन पक्षले संरक्षण गर्ने भन्ने प्रश्नहरूले यस क्षेत्रलाई थप अन्योलको भुमरी राख्न मद्दत पु¥याउनेछ ।

यदि उपचारको क्रममा जानाजान गल्ती भएको पाइएमा सोको कानूनी उपचारको प्रक्रिया जीवन्त रहँदा रहँदै पनि हुलमुल गरी अस्पताल तथा सो सेवासँग सम्बन्धित अन्य पक्षको क्षतिको वास्तविक जिम्मेवार कसको रहने भन्ने सन्दर्भमा सरोकारवाला पक्षको अविलम्ब ध्यान जानुपर्ने हुन्छ । यी यस्ता बँुदागत प्रश्नहरू हुन् जसको निराकरणको लागि आवश्यक रणनीति सहितको कार्ययोजना अविलम्ब लागू गर्नुपर्ने हुन्छ । जसबाट निःसन्देह चिकित्सा क्षेत्रलाई वास्तवमै शान्तिक्षेत्रको रूपमा रूपान्तरण गर्न सम्भव रहन्छ । जसको अभावमा चिकित्सा क्षेत्र हरपल समस्याग्रस्त क्षेत्रको रूपमा रूपान्तरण हुने प्रवल सम्भावना रहने हुँदा समयमा नै सहमतीय व्यवहारहरू अपनाउनु अत्यन्त जरुरी भइसकेको छ ।

सामान्य अवस्थामा चिकित्सकका समूहले कसैमाथि कुनै पनि प्रकारको लापरवाही गर्ने छैनन् भन्ने चिकित्सकीय नैतिकता रहेको भएता पनि कार्यको सिलसिलामा कुनै कारणवस त्रुटि भने अवश्य पनि हुन सक्दछ । किनकि, चिकित्सक कुनै पनि अर्थमा भगवान् होइनन्, तसर्थः  गल्ति मानवबाटै हुने हुँदा अन्य वैकल्पिक उपायहरू अवलम्बन गर्दै समस्या समाधानतर्फ उन्मुख रहनुपर्ने देखिन्छ । यद्यपि, जानाजान गरिएको गल्तिलाई लापरवाहीको सीमाभित्र राख्दै सजायको भागिदार बनाउँदा कुनै पनि पक्षलाई अन्याय हुने छैन । लापरबाहीको अवस्था हेरी निलम्बन देखि लिएर इजाजत—पत्र खारेजी एवं निष्कासनसम्म गर्न सकिने कानुनी प्रावधानहरू जीवन्त रहेको पाइन्छ ।

यथार्थमा जनचेतनाको अभावको कारण मृत्युमाथि राजनीति गर्ने वा गर्न चाहने प्रवृति नै समस्याको जड हो । जसले सहजै समाधान हुन सक्ने विषयलाई पनि जटिल बनाउनेछ । अतः आज देखिएको चिकित्सा क्षेत्रको सुरक्षा तथा बिरामी बिचको जुहारी केहि हदसम्म यस क्षेत्रको लागि टाउको दुखाइको विषय बन्न पुगेको छ ।

जसले सम्पूर्ण चिकित्सा क्षेत्रमा नकारात्मक प्रभाव छर्ने भएको हुदा सकारात्मक सोच सहितको कार्य गर्नु सर्वपक्षीय हितग्राही कदम मान्न सकिन्छ । दक्ष चिकित्सकको सल्लाह एवं सुझाब तथा आम जनसमुदायको सदासयताबाट मात्रै यस क्षेत्रले सकारात्मक गति लिन सक्ने हुँदा सर्वपक्षीय सकारात्मक सहयोगको सदैव अपेक्षा राख्दै आ—आफ्नो कार्य क्षेत्रलाई निरन्तर रूपमा अगाडि बढाउनुपर्ने हुन्छ । जसमा बिरामी एवंं चिकित्सा क्षेत्रको सम्बन्ध विस्तारको सम्भावना चिरकाल पयन्र्त चिरस्थायी रहन सक्छ भन्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया