विषादीयुक्त फलफुलको आयात नरोके सिमानामै गाडी जलाउँने चेतावनी

काठमाडौँ । विषादीयुक्त फलफुल तथा तरकारीको आयात सरकारले नरोके भारतीय गाडीलाई सीमा नाकामै जलाइदिने ‘हाम्रो पार्टी नेपाल’ ले चेतावनी दिएको छ।

राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको नीति कार्यक्रम तथा सरकारसँगको मागपत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा उक्त पार्टीका अध्यक्ष गोविन्द बोहोरा (ब्रम्हाण्ड) ले विषादीयुक्त फलफुल तथा तरकारीका भारतीय गाडी चेकजाँच नगरी नेपाल छिराउँने काम बन्द नगरे सिमानामै गाडी जलाइदिने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ब्रम्हाण्डले अब एनसेल र चौधरी ग्रुप जस्ता ठुला कम्पनीमा पनि मजदुरका लागी ५० प्रतिशत शेयरका लागी आफ्नो पार्टीले आन्दोलन अगाडी बढाउने जानकारी दिए ।

प्रतिक्रिया