हिमाल नेपाली, नाम विदेशी

विश्वकै अग्लो हिमचुचुरो सगरमाथालाई परापूर्वकलदेखि बस्दै आएका कुलुङ, शेर्पालगायतका आदिवासी जनजातिले स्थानीयरूपमा बोलाउंदै आएको नाम ‘चोमोलुङमा’ हो । तर, धेरैपछि सम्भवतः परापूर्वकालदेखि नै चिनिदै आएको चोमोलुङमा नामको सट्टा ‘सगर+माथा’ सगरमाथा भनी नेपाली÷खसकरण गरियो । अर्थात् ‘सगरमाथा’ भनी नयाँ नाम दिइयो ।

हाल चोमोलुङमा नामले भन्दा पनि सगरमाथा नामले बढी चिनिन्छ । यसरी नयाँ नाम दिने व्यक्ति थिए, इतिहासकार बाबुराम आचार्य । हुन त त्यो बेला चोमोलुङमालाई “चरी लमेनी” भनेर पनि चिनिन्थ्यो भने लगभग डेढ दर्जन नामहरू थिए । सुरूमा र आधिकारिक रूपमा चोमोलुङमाको उचाइको सम्पूर्ण नापजाँचको काम भारतीय (बंगाली) नागरिक राधानाथ सिकन्दर÷सिक्दर र नेपाली नागरिक करवीर बुढाथोकीले गरेका थिए भन्ने भनाइ छ । तर, तत्कालीन ब्रिटिस इन्डियाका सर्भेयर जनरल जर्ज एभरेस्टको नाममा फेरि चोमोलुङमाले अर्को नाम पायो ‘माउन्ट एभरेस्ट ।’ त्यही वेला सगरमाथालाई नै संसारको अग्लो हिमशिखर पनि यही हो भन्ने विश्वभरिका हिमालका खोजकर्ताहरूले स्वीकारे । संँगसँंगै चोमोलुङ्मामाथि पहिलो मानव विजय पाउने होड पनि चल्न थाल्यो ।

यसरी हेर्दा खोज्दै जाने हो भने, केवल सगरमाथा मात्रै होइन, धेरै हिमाल र स्थान नामका स्थानीय, खासगरी आदिवासी जनजातिका भाषामा रहेका विभिन्न हिमालका नामहरू विदेशी र नेपाली (खस) भाषाले विस्थापन वा भनौँ अतिक्रमण गरेको भेटिन्छन् । त्यसमा पनि विशेषतः अंग्रेजी नामले साम्राज्य चलाएको छ । जस्तै चोमोलुङ्मा कै कुरा गरौँ । माथि नै भनियो कि, चोमोलुङ्मालाई माउन्ट एभरेस्ट र सगरमाथा लगायतका नामहरू दिइयो । पन्ध्रौँ चुली, पिक फिप्टिन आदि भनेर पनि चिनिन्थ्यो । त्यसपछि त ब्रिटिश–इन्डिया कम्पनीका सर्वेयर जनरल जर्ज एभरेस्टको नाममा स्थायी रूपमै ‘माउन्ट एभरेस्ट’ राखियो– चोमोलुङ्माको नाम ।

यसै क्रममा विसं २०१० (सन् १९५३) मा तेन्जिङ नोर्गे शेर्पा (नेपाल) र एडमन्ड हिलारी (तत्कालीन बेलायती उपनिवेशअन्तर्गत न्युजिल्यान्ड निवासी) ले चोमोलुंमामाथि प्रथम मानव विजय पाए । त्यसपछि माथि नै भनिए झैँ जातीयताको आधारमा फेरि (खस) नेपाली भाषामा नाम राखियो – सगरमाथा । यसरी परापूर्व कालदेखि रहिआएको स्थानीय नाम ‘चोमोलुङमा’लाई विस्थापित गर्ने सुरूवाती काम त्यहीबाट भयो । यसरी चोमोलुङ्माको नाम अनेकौं भए पनि अहिले सगरमाथा र एभरेष्टको नामले बढी चिनिन्छ । तापनि विगतमा विदेशी लेखकहरूले लेखेका पुराना किताबहरू जति पनि छन्, ती किताबहरूमा ‘चोमोलुङ्मा’ भनेरै लेखेको पाइन्छ । यता पर्यटन विभागका एक कर्मचारी भने अभैm पनि चोमोलुङ्मा भनेको त चिनियांँ नाम होइन र ? भनी उल्टो प्रश्न गर्छन् ।

जे होस्, नेपाली हिमालका विदेशी नामहरूका सम्बन्धमा खोतल्ने हो भने पूर्वमा रहेको कुम्भकर्णको स्थानीय नाम ‘जान्नु’ हो । र, लिम्बु जातिले उक्त हिमाललाई ‘फक्ताङलुङ’ (कुम भएको ढुंगो) भनी पुकार्छन् भने हिउँदयाममा धानलगायतका अन्नपात भित्र्याउँदा फक्ताङ्लुङमा रहेको हिउँको थुप्रोलाई सह मानी धानको रासमाथि फक्लाङ्तुङतर्फ फर्काएर हसिया, धुपौरो, पूmल, अक्षता, कुखुराको भाले (जसलाई रासी भाले भनिन्छ) राखेर पूजा आजा गरिन्छ । अझ उक्त हिमालमा जति हिउँ थुप्रिएको हुन्छ उति नै सह लागेको मानिन्छ । कञ्चनजंघा हिमाललाई लिम्बूहरूले सेवालुङ÷सेन्छेलुङ भन्ने गर्दछन् भने यस क्षेत्रमा अर्को हिमाल छ, जसलाई अंग्रेजी नाम दिइएको छ । जुन हिमालको नाम हो ‘–टेन्ट–पिक ।’ खासमा उक्त हिमाललाई किराँत चुली भनेर चिनिन्छ । मकालुलाई कुलुङ जातिले सेसेलुङ भन्छन् ।

अन्य विदेशी नामहरूमा सगरमाथा आसपासमा ‘पिक–३८’, छ । जसको नेपाली नाम शान्ति शिखर राखियो भने ‘ईमजात्चे’ (आइल्यान्ड पिक ६,१९८ मिटर अग्लो) अंग्रेजी नाम भएको छ भने मिङमाला, शेर्पेनी–कोल (कोल पनि घाँटी वा वारपार गर्ने अर्थमा अंग्रेजी नै हो), चो–ओ–यू, तावाचे, पुमोरी, नुप्चे आदि स्थानीय (शेर्पा–तिब्बतीयन) नाम हुन् भने रोल्वालिङ क्षेत्रमा भने हालसम्म विदेशी भाषामा नाम भएको हिमाल भए नभएको यकिन भएको छैन । टासीलाप्चा, यालुङकाङ आदि स्थानीय नाम भएको हिमालहरू हुन् भने गौरीशंकर नेपाली भाषामा राखिएको नाम हो । स्थानीय निमा शेर्पा जो रोयल माउन्टेन ट्राभल्समा गाइड गर्छन् का अनुसार, गौरीशंकरलाई स्थानीय शेर्पाहरू आम्पामारे भनेर बोलाउंँछन् ।

लाङटाङ क्षेत्रमा अंग्रेजी नाम भएको एउटा भञ्ज्याङ छ– ‘तिलम्यान कोल’ । सन् ५० को दशकमा यस क्षेत्रको भ्रमण गर्न आएका बेलायती नागरिक तिलम्यान कोलले उक्त क्षेत्रको भ्रमण गर्दा दोर्जे लाक्पा र लाङसिसा–री (६,४२७ मिटर) को वीचमा रहेको भन्ज्याङ काट्न गाह्रो हुनुको साथै मान्छेले पहिलोपटक उक्त भन्ज्याङ पार गरेका हुनाले उनको नाममा रहन गयो । भने लाङटाङ–री र याला पिकको पछाडि रहेको एउटा सानो हिमाल ५,९५१ मिटर मोरीमोतो नामक जापानीजले पहिलो पल्ट चढ्न प्रयास गरेकोले उक्त हिमालको नाम ‘मोरीमोतो’ राखे, जापानीजहरूले । त्यस्तै, डोम–ब्लँ

(६,८२० मिटर) फ्रेन्च भाषामा ‘सेतो’ भनेर राखिएको हिमाल छ । उक्त क्षेत्रमा अन्य हिमालहरू भने प्रायः स्थानीय नाममा आधारित नै छन् । जस्तै लाङटाङ–री, लाङसिसा–री (गोरू मरेको डाँडो भन्ने अर्थमा तिब्बती भाषा), उर्किमा, याला, दोर्जे लाक्पा आदि स्थानीय नामहरू हुन् भने ताामाङ जातिले ख्वाप्स्लाङ कार्पो भन्ने गर्छन्– गणेश हिमाललाई । जुन हिमालपछि हिन्दूहरूको भगवान गणेशको नाममा राखिएको हो । लमजुङ हिमाल लमजुङ जिल्लाको नाममा, माछापुच्छ«े (६,९९२ मिटर) माछाको नाममा जसलाई माछापुच्छ«े नामले भन्दा पनि फिसटेल नामले बढी चिन्न थालिएको छ । मार्दी हिमाल (५,५८५ मिटर) मार्दी गाउँको नाममा, बुद्ध हिमाल गौतम बुद्धको नाममा, मानापाथी नेपालीहरूको अन्नपात भर्ने एक किसिमको भाँडोको नाममा आदि नामहरू रहिआएको छ ।

त्यस्तै पिक–२९, ७,८७९ मिटरको खास नाम ‘ङादी चुली’ हो भने उक्त पिकको नयाँ नाम भूगोलविद् डाक्टर हर्क गुरूङको नाममा ‘हर्क पिक’ राखिएको छ । मनास्लुको स्थानीय नाम (प्याङगेन पुथाङ) हो । त्यस्तै, अन्नपूर्ण क्षेत्रमा रहेको ‘टेन्ट पिक’ र ‘फ्ल्यूटेट पिक’को नेपाली नाम क्रमशः थर्पु चुली (५,७६३ मिटर) र सिंह चुली (६,५०१ मिटर) हो । यस क्षेत्रमा गन्धर्व चुली (६,२४८ मिटर) गाइने पेसा अँगालेका जातिको नाममा, बराह चुली (७,६४७ मिटर) हिन्दूहरूको भगवान विष्णुको दश अवतारमध्ये एकको नाममा, पिसाङ पिकको स्थानीय नाम झोङ–री (६,०९२ मिटर) हो । ‘जुलु’ पूर्व, सुदूर पूर्व र पश्चिम हाल अपभ्रंस भएर ‘चुलु’ भएको छ । त्यही क्षेत्रको ७,१८१ मिटरको पेरी हिमालमा पर्ने एक हिमालको नाम नेपाल प्रहरीले सफलतापूर्वक चढेपछि तत्कालीन रानी रत्नको नाममा ‘रत्नचुली’ राखियो ।

यसरी क्रमशः हिमालहरूको असली र स्थानीय नामको सट्टा आयातीत नामहरूकै वर्चस्व रहन थालेको छ । माथि उल्लिखितबाहेक धौलागिरी रेन्जमा रहेको एक चुलीलाई नेपाल प्रहरीका पर्वतारोही योगेन्द्र थापाले पहिलोपटक आरोहण गरेकोले हाल थापा पिक भनी चिनिन्छ । त्यस्तै, जाक्सम्बा ७,९५२ मिटर अग्लो हिमालको नाम हाल पासाङल्हामु चुली नामाकरण गरिएको छ । प्रथम सगरमाथा आरोही महिला स्व. पासाङल्हामुको सम्मान र, सम्झनामा उक्त हिमालको नाम पासाङल्हामु चुली राखिएको हो ।

मकालु र कञ्चनजंघा क्षेत्रमा धेरै हिमालको नामहरू अंग्रेजीमा राखिएको छ । त्यस्तै राष्ट्रिय पूmल लालिगुराँसको नामबाट हुम्लामा गुराँस हिमाल र गोरख सम्प्रदायको नाममा गोरख हिमाल छ । तर धौलागिरीभन्दा पश्चिम लागेपछि भने हिमालहरूको स्थानीय नाममा खासै अतिक्रमण भएको पाइएको छैन । जस्तो कान्जिरोवा, अपी, सैपाल आदि स्थानीय नामहरू नै प्रचलित छन् भने हालसम्म सरकारले पटक–पटक गरी लगभग ४ सय १४ ओटा हिमालहरू आरोहणको लागि खुल्ला गरेको छ । नेपाली हिमालका विदेशी नामकै कुरो गर्दा केही वर्षअघि स्काउटका जन्मदाता बेडेल पावेलको नाममा लाङटाङस्थित उर्कीमा हिमालको नाम राखिएको छ ।

किन यसरी नेपाली हिमालका नामहरू विदेशी भाषाको अतिक्रमणमा पर्छन् त ? भनी प्रश्न गर्दा नेपालको हिमालहरूको नाम राख्न खटिएका डा. हर्क गुरूङ भन्नुहुन्थ्यो “–के गर्ने भाइ ? हाम्रो देशको हिमालहरू कहाँ छन् ? कति छन् ? कस्तो खालको हिमाल हो ? त्यहाँ गएर विदेशीहरूले हिमाल चढ्छन् मात्रै कि ? अरू गतिविधि पनि गर्छन् ? कसैलाई चासो र सरोकार हुँदैन । त्यसै पनि नेपालका धेरै हिमालहरूको नाम हिन्दू भाषा र हिन्दू देवीदेवताको नामले अतिक्रमण गरेका छन्, स्थानीय नामहरू विस्थापित हँुदै गएका छन् । विदेशीहरू त झन् के कम ? पहिलोपटक आफू वा आफ्नाे  देशको टोलीले चढेको÷चढ्न लागेको वा चढ्न प्रयास गरेको हिमालको नाम सकेसम्म आफू वा आप्mनो देशका महाराजा, राजा वा प्रसिद्ध व्यक्तिको नाममा राख्ने सक्दो प्रयास गर्छन् ।

तर, विदेशीले किन हाम्रो हिमालका नाम आफ्नो भाषा वा व्यक्ति विशेषको नाममा राख्छन् ? हामीलाई चासो हुँदैन । त्यसरी, विदेशीले राखेका नेपाली हिमालका नामहरू हामीले सच्याउनेभन्दा पनि पछि गएर हामीले समेत उनीहरूले राखेको नाम नै बोलाउने (उच्चारण) गर्छौं । वर्षौपछि त्यही नाम जनजिब्रोमा झुण्डिन जान्छ । अनि भाषा विज्ञानको आधारमा पनि आगन्तुक शब्दहरूलाई नेपाली भाषा मान्नुपर्ने हुन्छ ।”

प्रतिक्रिया