दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले आफ्नो नगरपालिकामा रहेका सुनौला हजार दिनका आमालाई फिल्टर वितरण गर्न थालेको छ । नगरपालिकाभित्रका सुनौला हजार दिने आमालाई प्रतिव्यक्ति १÷१ वटा गरी करिब पाँच सय ८० फिल्टर वितरण गरेको दुल्लु नगरपालिकाका कार्यवाहक प्रमुख लाल बहादुर रावतले बताए ।
उनले भने, ‘सुनौला हजार दिनका आमालाई सहयोग मिलोस भनेर हामीले फिल्टर वितरण गर्न सुरू गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ ।’ नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत अहिले वडा नं ४,६,७ र ८ का सुनौला हजार दिनका आमालाई फिल्टर वितरण गर्न थालिएको हो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा शुद्ध खानेपानीको भूमिका धेरै भएकाले फिल्टर वितरण गरिएको दुल्लु नगरपालिकाका शाखा अधिकृत तथा बहुक्षेत्रीय पोषण योजनाका फोकल पर्सन समशेर बहादुर शाहीले जानकारी दिए ।
उक्त नगरपालिमा बहुक्षेत्रीय पोषणका साथै शुद्ध खानेपानीको पहुँच पु¥याउन उद्देश्यले फिल्टर वितरण गर्दै नगरपालिकाले ४ वटा वडामा पाँच सय ८० र ३ वटा विद्यालयमा १५ वटा फिल्टर सेट, सेनिटरी प्याड वितरण, हात धुने तरिकाबारे कक्षा सञ्चालन, बाल विकास केन्द्रमा पोषणबारे कक्षा सञ्चालन, स्वास्थ्य, कृषिअन्तर्गत सुनौला हजार दिनका आमालाई मौसमी तरकारी र फलफूलका बिउ तथा बिरूवा वितरण, गर्दै आएको नगरपालिकाले जानकारी दिएको छ ।
दुल्लु नगरपालिकाका धैरै स्थानमा पानीको समस्या छ त्यस अनुरूप पनि १ घण्टा लाइनमा बसेर ल्याएको पानी फिल्टरमा राखेर शुद्ध गरी खाना पाइने भन्दै वडा नं ७ कि हजार दिने आमा वसन्ती कुमाल खुशी व्यक्त गर्छिन् ।
दैलेख
प्रतिक्रिया