दार्चुला । जिल्लामा झण्डै चार किलो चरेससहित एक युवक पक्राउ परेका छन् । नौगाड गाउँपालिका–६ बस्ने रमेशसिंह ठगुन्नालाई ३ किलो ८ सय ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको हो ।
बंगाबगड–दल्लेख सडक खण्ड हुँदै मोटरसाइकलमा जिल्ला सदरमुकाम खलंगा आउँदै गरेका वेला बुधबार राती करिब ११ बजेतिर प्रहरी टोलीले ठगुन्नालाई चरेससहित पक्राउ गरेको हो । सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायब निरीक्षक मदनसिंह धामी र प्रहरीचौकी दल्लेखबाट प्रहरी हवल्दार भरतबहादुर रावलको संयुक्त गस्ती टोलीले नौगाड–२ दल्लेखबाट ठगुन्नालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताए ।
ठगुन्नाले चलाएको म१प २४८४ नम्बरको मोटरसाइकलसहित प्रहरी नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
प्रतिक्रिया