मलेरियाको जोखिममा मुगुका गाउँ

मुगु । जिल्लाका १० वटा दुर्गम बस्ती मलेरियाको उच्च जोखिममा परेका छन् । मुगु जिल्लाको पश्चिम खत्याड गाउ“पालिकाको रिघा, ह्याङलु, ढुमाना, आम, डामलेक, सुकाढिक, रातापानी र बिना उत्तरी सोरु गाउ“पालिकाको भिई र धैनकोट बस्ती मलेरियाको उच्च जोखिम बस्तीको रूपमा गणना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अनुसन्धान गर्ने क्रममा उक्तबस्तीहरूलाई मलेरियाको जोखिममा राखेर सतर्कता अपनाइएको छ । यस जिल्लाको होचा बेँसी क्षेत्रमा तथा कर्णाली नदीको किनारमा रहेका १० वटा बस्ती मलेयियाको उच्च जोखिममा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका मुगुका सूचना अधिकारी तथा मलेरिया रोग फोकल पर्सन बलीबहादुर बुढाले बताए ।

सन् २०१८ देखि मुगु जिल्ला नै मलेरियाको उच्चजोखिममा गणना भएको उनको भनाइ छ । गत वर्षदेखि खत्याड गाउ“पालिकाको रिघा, सुकाढिक, आम, रातापानी र सोरु गाउ“पालिकाको भिई र धैनकोटमा मलेरिया बिरामी देखापरेपछि उच्च जोखिममा राखिएको छ । आव ०७५÷७६ मा खत्याड गाउ“पालिकाको रिघालगायत बस्तीमा १ सय ७३ जना बिरामीलाई मलेरिया देखापरेको सोरु गाउ“पालिकाको भिई र धैनकोटमा २ जनामा मलेरियाका बिरामी देखापरेको बुढाको भनाइ छ ।

स्थानीय चिन्तित
हिमाली जिल्ला मुगुमा पनि मलेरिया देखा पर्न थालेपछि स्थानीय चिन्तित हुन थालेका छन् । गर्मी मौसम सुरु हुन थालेपछि मलेरिया रोग फैलिने डरले गर्दा स्थानीय लेकतिर सर्ने गरेका छन् । धैनकोट भिई, ह्याङलु, बिमा, रातापानीलगायत बस्तीहरू मध्ये रिघा गाउ“ मलेरियाको अति जोखिममा रहेको छ । यो वर्ष गर्मी सुरुआतसँगै सोरु गाउँपालिका–७ सिप गाउ“मा एक जना मलरियाको रोगी देखापरेको फोकल पर्सन बुढाले बताए । मलेरिया रोग देखा पर्ने समय नजिकिँदै गर्दा सतर्कता अपनाउनुपर्ने वेला आएको उनको भनाइ छ । गर्मी मौसम सुरु भएपछि रिघा गाउ“का स्थानीयवासी गाउ“मा बस्न डराउने गरेका छन् ।

प्रभावित क्षेत्रमा सतर्कता
जिल्लाको १० वटा बस्ती मलेरियाको उच्च जोखिममा परेपछि स्वास्थ्य कार्यालयले सतर्कता अपनाएको छ । जनचेतनाको साथसाथै झुल वितरण, लामखुट्टे नष्ट गर्ने किटनासक औषधि छर्किने काम सुरु गरिएको स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । मलेरिया रोग नियन्त्रणका लागि प्रर्याप्त औषधिको व्यवस्था स्वास्थ्यकर्मी र स्वयंसेविकालाई मलेरियासम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

असारदेखि भदौसम्म बढी मलेरियाका बिरामी देखापर्ने गरेका छन् । तराईका बस्तीमा देखापर्ने मलेरिया हिमाली जिल्ला मुगुमा फैलिन थालेको छ । बस्ती वरिपरि झारी, पानीका खाल्डाखुल्डीले गर्दा लामखुट्टे फैलिएर स्थानीयलाई टोक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

विशेष गरेर असारदेखि कात्तिकसम्म स्थानीयले गाईभैँसी भेडाबाख्रा चराउन लेकतिर लैजाने र गाईगोरुको दिसापिसाबको गन्धले फैलिएका लामखुट्टेले केहीखाने कुरा नपाएर मानिसलाई टोक्ने गरेको अनुसन्धानले जनाएको छ । औलो रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंबाट गतवर्ष दुई÷चारपटक अनुसन्धान टोली रिघा गाउ“मा पुगेर बिरामीको रगत परीक्षणका साथै लामखुट्टे छोपेर अनुसन्धानसमेत गरिसकेको छ ।

प्रतिक्रिया