प्राकृतिक रूपमै लैंगिक विविधता हुन्छ । यो विविधता नै सृष्टिको नियम हो । तर यही विविधताका कारण असमानता उन्मुख व्यवहारहरू नेपाली सामाजिक परिवेशमा यदाकदा देख्न पाइन्छ । यो नेपाली सामाजिक क्षेत्रको सहजै समाधान गर्न नसकिने विकराल समस्या हो । सामाजिक संरचनामा रहेको अहंकारवादी प्रभाव स्वरूप निम्तिएको दोषपूर्ण विभेदका रूपमा यस प्रकारको व्यवहारलाई लिन सकिन्छ
प्राकृतिक रूपमै लैंगिक विविधता हुन्छ । यो विविधता नै सृष्टिको नियम हो । तर, यही विविधताका कारण असमानता उन्मुख व्यवहारहरू नेपाली सामाजिक परिवेशमा यदाकदा देख्न पाइन्छ । यो नेपाली सामाजिक क्षेत्रको सहजै समाधान गर्न नसकिने विकराल समस्या हो । सामाजिक संरचनामा रहेको अहंकारवादी प्रभाव स्वरूप निम्तिएको दोषपूर्ण विभेदको रूपमा यस प्रकारको व्यवहारलाई लिन सकिन्छ ।
यसलाई हिंसाजन्य अपराधको कोटीमा गणना गर्न सकिन्छ । जुन विशुद्ध न्यूनतम मानव अधिकारसँग प्रत्यक्ष रूपमा सरोकार रहेको विषय हो । किनकि मानव अधिकारको दृष्टिकोणबाट कुनै पनि मानव सम्प्रदायलाई पुरुष, महिला वा अन्य कुनै लैंगिक विभेदको आधार अपमानजन्य व्यवहार गर्न कानुनतः एवं व्यवहारतः कदापि पनि मिल्दैन । तथापि लिंगभेदको असमानताले निम्ताएको विभेदपूर्ण रूप मुलुकमा धेरै हदसम्म अध्यावधि कायमै रहेको घटनाक्रमले औँल्याएको छ ।
यसमा विशेषगरी अन्य समूहको तुलनामा विवाहित वा अविवाहित महिला वर्ग नै अत्यधिक मात्रामा प्रताडित रहेको भेटिन्छ । महिला वर्ग पुरुष सम्प्रदायको तुलनामा शारीरिक, यौनिक एवं मनोवैज्ञानिक रूपमा कमजोर रहन्छन् भन्ने, पुरुष अहंकारवादी भ्रम नै हिंसाजन्य अपराध अभिवृद्धिको प्रमुख कारक तत्वको रूपमा लिन सकिन्छ । यद्यपि सही अर्थमा यसमा कुनै तात्विक भिन्नता रहेको भने पाइदैन । किनकि आजको एक्काइसौँ शताब्दिको प्रतिस्पर्धी युगमा हरेक क्षेत्रमा महिलावर्ग पुरुषसरह बराबर अथवा कतिपय अवस्थामा अग्रता कायम गर्दै आएको तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।
यति हुँदाहुदै पनि पीडादायी अवस्थामा वलात्कारजन्य अपराध, घरेलुहिंसाको शिकार, यौन दुव्र्यव्यहारको सामना, छोरी प्राप्ति पश्चातको पीडादायी अवस्था, कार्यस्थल वा अन्य कुनै क्षेत्रमा पुरुष बाहुल्यताको प्रभावको कारण प्राप्त हुने मानसिक शारीरिक अपमानजन्य व्यवहार , यौनदासी बनाउने प्रयास एवं प्रकारले नचाहँदा—नचाहँदै पनि यौनलतको कुलतमा फसाउने कुत्सित नियत, सामुहिक वलात्कार पश्चात ः प्राप्तहुने मानसिक—सामाजिक पीडा नै लैंगिक हिंसाका विविध पक्षहरू हुन् । जसको निकारकरणको लागि राज्यपक्षबाट यौनमैत्री जनचेतना कार्यक्रमलाई अभियानकै रूपमा लिई प्रभावकारी सञ्चारका माध्यमबाट प्रचार—प्रसार गर्नुपर्ने हुन्छ ।
किनकि वर्तमान परिपेक्षमा मुलुकका विविध भू—भागमा भएका यस प्रकारका हिंसाजन्य अपराधलाई न्यूनीकरण गर्न प्रस्तुत कदम निक्कै नै लाभदायी सिद्ध हुनेछ भन्ने विश्वास लिन सकिन्छ । यस प्रकारका व्यवहारहरू निजी एवं सार्वजिक जुनसुकै स्थान वा समयमा पनि घटन सक्ने सम्भावना रहेको हँुदा विशेष सावधानी अपनाउनु श्रेयकर देखिन्छ ।
जसबाट प्रत्यक्ष रूपमा महिला मानवोेधिकारको हनन् हुनुको साथै सम्बद्ध पक्षको जनस्वास्थ्य एवं मनोविकृतिमा पर्ने प्रतिकूल असरको बारेमा मनन गर्दै यथोचित समाधानको लागि राज्यपक्षबाट सकारात्मक पहलकदमीको आवश्यकता देखिन्छ । किनकी यी तथ्यहरू कुनै न कुनै रुपमा लैंगिक असमानताले निम्त्याएको नकारात्मक पक्ष बाहेक अन्यथा केहि पनि हुन सक्दैन । पक्कै पनि प्राकृतिक रूपमा अपवाद बाहेक मानव सम्प्रदायदेखि लिएर सम्पूर्ण प्राणी जगतमा दुई भागमा विभक्त रहँदै आएका छन् ।
पुरुषको तुलनामा महिला हिंसा अभिबृद्धि हुनुको प्रमुख कारक तत्वको रूपमा पुरुष अहमवादी सोचको अतिरिक्त पुरातन सामाजिक सद्भावको अभावले निम्ताएको सामाजिक पृष्ठभूमिको नकारात्मक पक्षलाई लिन सकिन्छ । जसको प्रत्यक्ष वा परोक्ष लाभ उठाउँदै विशेषगरी जनचेतना अभाव भएको सामाजिक पृष्ठभूमिमा वालविवाह एवं सोबाट सिर्जित अनेकन सामाजिक अन्धविश्वासको कारण कतिपय अवस्थामा भयाभय लैगिक हिसांको सामना गर्नुको साथै महिला प्रजनन् एवं यौन अधिकारबाट वञ्चित रहनु पर्ने देखिन्छ ।
यसका अतिरिक्त नेपाल लगायत समस्त दक्षिण एशियामा कायम रहेको व्यापक गरिबीले निम्ताएको भोगको ज्वालाले महिला यौन अधिकारलाई तीव्र रूपमा हनन् गरेको छ । किनकि आफू र आफ्नो सन्ततीको भोगको पीडाको लागि जस्तो सुकै यौनदुव्र्यबहारलाई बाध्यात्मक अवस्थामा आत्मसाथ गराउन खोज्ने प्रवृतिको विकासले यौनिक अधिकार लगायत अन्य संवैधानिक अधिकारमा समेत प्रतिकूल असर पु¥याएको छ । नेपालको परिपेक्षमा भन्नु पर्दा अपवाद बाहेक अन्य अवस्थामा परिवारको अभिभावकत्व ग्रहण गर्ने जिम्मा विशेषगरी पुरुष सम्प्रदायमा नै रहने हुँदा सम्पूर्ण असान्दर्भिक लाभको भागिदार समेत यसै वर्गले लिने अवसर प्राप्त हुने देखिन्छ । परिणामत ः यस समूहमा दम्भको प्रभाव वृद्धि गराउन थप मद्दत पुग्न जानेछ ।
समान कामको लागि लैंगिक आधारमा विभेद गर्न नपाइने कानुनी प्रष्टता रहँदा रहँदै पनि अदृष्य रूपमा यस प्रकारका विकृतिजन्य व्यवहार हाल पनि मुलुकको केही क्षेत्रमा अध्यावधि कायमै रहन गएको पाइन्छ । लैंगिक आधारमा कामको प्रकृतिमा कुनै पनि प्रकारको नकारात्मक असर पर्दैन । केही हदसम्म पुरुषको तुलनामा महिला वर्ग दिइएको कामप्रति सम्वेदनशील रहेकै हुन्छन् ।
सामाजिक संरचनामा प्राप्त हुने यस प्रकारका व्यवहार नितान्त लैंगिक असमानताका कारण निम्तिएको दुव्र्यवहार मात्र हो । प्रस्तुत विभेदको उग्रताको रूपमा वालविवाह, बहुविवाह एवं अनमेल विवाह आदिलाई लिन सकिन्छ । कानुनतः यस प्रकारका व्यवहारलाई निषेध गरिएको भएता पनि समाजमा अझै जरो गाडेर बसेको पाइन्छ । यस प्रवृतिको अभिवृद्धि गराउन केही हदसम्म महिला जागरणको अभावलाई लिन सकिन्छ ।
नागरिक समाजमा यौनजन्य विकृतिको साथै आपराधिक क्रियाकलापको बढोत्तरी गर्न यस प्रकारका कदमले सहयोगी भूमिका निर्वाह गर्नेछ । जुन लैंगिक असमानताका कारण सिर्जित द्विविधायुक्त सामाजिक अपराधको चरम रूप मात्र हो ।
युनिसेफले गरेको एक गहन विश्लेषणअनुसार बालविवाहको अत्यधिकता कायम रहेको दक्षिण एसियाली मुलुकमा नेपालको स्थान विश्वको शीर्ष १० स्थानमा मध्येको हो । सामाजिक भयको कारण कतिपय अवस्थामा समस्या बाहिर नआएको मात्र हो । यद्यपि राज्यले सकारात्मक रणनीति अपनाउने हो भने धेरै भन्दा धेरै लैगिंक हिंसाहरू उजागरण हुने प्रवल सम्भावना जीवन्त रहन्छ ।
जुन केवल राज्यको नीति एवं भरोसा मात्र निर्भर रहनेछ । अतः उक्त भयाभय सामाजिक विकृतिबाट उन्मुक्ति पाउन नारीवर्ग स्वयं जागरुक हुँदै आफू अनुकूल अवस्था तयार पार्दै जानुपर्ने हुन्छ । तत्पश्चातः यस क्षेत्रमा रहेको नकारात्मक प्रभावको अन्त्य गर्न धेरै हदसम्म सहयोगी भूमिका निर्वाह हुने देखिन्छ ।
प्रतिक्रिया