काठमाडौँ । ‘फुल्यो बामरी, म भोली गइहाल्छु बसे रामरी’ गीतबाट अझै दर्शक स्रोतामाँझ चिनिएका गायक कुमार पुनको फेरी अर्को मौलिक गीत सालैजो ‘शिरमा फुल मायाँ’ सार्वजनिक भएको छ । गायक पुनको आफ्नै शब्द रचना तथा संगीत रहेको उक्त गीतमा स्वयम आफै, गायिका जमुना राना र कुमारी चेपाङको संयुक्त आवाज रहेको छ ।
स्थाई स्टुडियोमा रेकर्ड गरिएको सोही गीत सागर बिरहीले एरेन्ज गरेका हुन् । त्यस्तै गीतको भिडियो मनोज गुरुङकै निर्देशन, छायांकन तथा सम्पादनमा निर्माण गरिएको छ । सोही भिडियोमा बद्री केसी, दिपक थापा, एञ्जी रोका र सोफिया बुढालगायतको अभिनय रहेको छ ।
गीतको रेकर्ड सकिएपछि कार्यक्रमको सिलसिलामा युके हानिएका गायक पुनले भिडियो पनि युके कै रमणीय स्थानमा छायांकन गरिएको जानकारी दिए । युकेमा रहेका आफन्तलगायत विभिन्न व्यक्तिहरुबाट भिडियो निर्माणमा सघाउ पुगेको उनले सुनाए ।
पुरानो मौलिक लोक संस्कृति तथा गाउँ घरमा गुञ्जिने सालैजो भाकालाई देशदेखि विदेशसम्म पनि पहिचान राख्नका लागि युकेमा भिडियो छायांकन गरिएर बजारमा ल्याएको गायक पुनले जिकिर गरे । आफ्नै आवाजमा दर्जनौं मौलिक गीत बजारमा ल्याएर लोकप्रिय बनेका गायक पुन युकेको कार्यक्रम सकेर छिट्टै नेपाल फर्कने बताए ।
प्रतिक्रिया