माफियाले देशै हडप्न खोजे – सभामुख

भक्तपुर । सभामुख कृष्णबहादुर महराले माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताएका हुन् ।

सार्वजनिक जग्गा, पोखरी, सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भईरहेको भन्ने सन्र्दभमा उनले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेको’ बताएका हुन् । उनले यसलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञा दिए । ‘प्रदुषण राजनीतिमा पनि छ ।

अहिले भर्रखरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो’, उनले भने, ‘देशै हडप्न खोजेका छन् केही मान्छेहरुले । माफियाहरुले । यो राजनीतिक प्रदुषण हो ।’ सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, वन, पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको पनि बताए ।

प्रतिक्रिया