काठमाडौं । आर्किटेक्ट इन्जिनियर तथा चित्रकार शंकरनाथ रिमालको एकल कला प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताहरूले अवलोकन गरेका छन् ।
यही असार पाँच गतेबाट सुुरु भएको उक्त प्रदर्शनीमा करिब चार सय जनाले अवलोकन गरेको कलाकार रिमालले जानकारी दिए । ‘आगामी दिनमा मेरो कलालाई थप निखार्दै जानेछु, ‘उनले भने । प्रदर्शनीका क्रममा आफ्नो कलालाई आगामी दिनमा थप निरन्तरता दिँदै जानुपर्नेलगायत अन्य सकारात्मक सुझाव आएको रिमालले बताए । आफ्नो निजी निवास नक्साल, नारायणचौरमा शशिशंकर ग्यालरीसमेत प्रदर्शनीमार्फत विस्तार गरेका रिमालले भन,े ‘निजीस्तरबाट सञ्चालित भएकाले सधैँभरि खुला हुँदैन, अवलोकन गर्न चाहनेले सम्पर्क गरेर आउन सक्नेछन् ।’
उनकोे चित्रकला र मूर्तिकला आधुनिक परम्परागत शैलीसँग सम्बन्धित छन् । रिमालको ग्यालरीमा ३५ वटा चित्र, १५ वटा मूर्ति, लगभग ५० भन्दा बढी आर्किटेक राखिएका छन् । रिमालको यो पहिलो एकल प्रदर्शनी हो । उनका परिवारका सदस्यहरूको पारिवारिक जमघटबीच प्रदर्शनी बिहीबार सम्पन्न भएको थियो ।
प्रतिक्रिया