कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकाले ‘स्याउ र सिमीको धनी, यसैमा छ नगरपालिकाको समृद्धि’ भन्ने मूल नाराका साथ कृषि, स्वाथ्य र शिक्षालाई बढी प्राथमिकता दिएर बजेट ल्याएको छ ।
पहिलो वर्ष तिलागुफा नगरपालिकाले सडकलाई प्राथमिकता राखी वडा–१ देखि ९ सम्मका वडाहरूमा सडक पु¥याएको छ । भने अहिले कृषि, शिक्षा, स्वास्थ्यलाई बढी प्राथमिकता राखेर बजेट ल्याएको नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले बताइन् । यो नगरको तेस्रो वर्षको बजेट हो । अहिले ५७ करोड ८४ लाखको बजेट ल्याएका छौँ ।
यस्तै दुई वर्षको समय सिकाइ भएको भन्दै अहिले केही नयाँ कार्यक्रम ल्याएको बताइन् । ६० वर्ष भन्दा माथिका वृद्धृवृद्धालाई घरमै गएर स्वास्थ्य उपचार सेवा, खरका छाना विस्थापन, विद्यालयमा कक्षा १ देखि ५ सम्म निःशुल्क, लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरिएका छन् । पहिले भन्दा अहिले ठूलो भोलममा बजेट ल्याएका छौँ । अहिले २६ करोड बजेट ल्याएका छौँ ।
कालिकोट जिल्लाका तीन वटा गाउँपालिकाले एकैदिन आव ०७६÷७७ को बजेट सार्वजनिक गरेका छन् । पहिलो वर्षभन्दा यो वर्ष सबै स्थानीयतहले बजेट बढाएर ल्याएका छन् । पहिलेको बजेट भन्दा यो वर्षको बजेट नयाँ र प्रभावकारी ढंगबाट ल्याइएको छ ।
यस्तै जिल्लाको विकट मानिने पचालझरना गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेको छ । सुखी र समृद्ध पचालझरना गाउँपालिका भन्ने मूल नाराका साथ आर्थिक वर्ष ०७६÷७७ को बजेट सार्वजनिक गरिएको छ । पचालझरनाले पनि अघिल्लो वर्षभन्दा जनमुखि कार्यक्रम ल्याएको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन् ।
उनले भनिन, ‘यो वर्ष पनि हामीले बिलकुलै नयाँ नीति तथा कार्यक्रम ल्याएका छौँ ।’ पुराना कार्यक्रमलाई प्राथमिकता दिँदै, अहिले, वृद्धवृद्धाहरुलाई प्रत्येक महिनाको १० गते घरघरमै पुगेर स्वास्थ्य उपचार, खरमुक्त छानालाई पनि पहिलो प्राथमिकतामा राखेको बताइन।
यसैगरी जिल्लाको नरहरिनाथले पनि बजेट सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष गाउँपालिकाले बजेट बढाएर ल्याएको छ । बजेट प्रस्तुत नगर्दै चन्द समूहले कार्यालयमा आगजनी गर्दा केही नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्यौं । बजेट सार्वजनिक गर्न नपाउँदै दुःखत् घटना घटेकाले बजेट प्रस्तुत गर्न नपाएको उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।
पहिले भन्दा नयाँ कार्यक्रम गाउँमै वृद्धाश्रम स्थापनालगायत केही नयाँ कार्यक्रम रहेको बताइन् । बाँकी केही स्थानीय तहले बजेट ल्याउने क्रम जारी छ ।
प्रतिक्रिया