भरतपुरको चनौलीमा लक्ष्मी बैंकको शाखा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा भरतपुरको चनौलीमा १०९औं शाखा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो सँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १०९ शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । प्रदेश नँ ३ मा बैंकका शाखा संख्या ३९पुगेको छ ।

यो शाखाका साथलक्ष्मी बैंकले सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया