भगवतीमाईको प्राथमिकता ‘विद्युत्, इन्टरनेट र होम स्टे’

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाले आफ्नो बजेटमा ‘विद्युत्, इन्टरनेट र होम स्टे’ प्राथमिकतामा राखिको छ ।

गाउँपालिकावासीको आवश्यकता, प्राथमिकता र अधिकारको समूचित रूपमा विकास गर्न सकिएमा गाउँपालिकावासीहरूप्रति उत्तरदायी रहने कुरालाई मनन गर्दै ‘व्यावसायिक कृषि, पशुपालन र पूर्वाधार, समृद्ध भगवतीमाई गाउँपालिकाको आधार’ भन्ने परिकल्पनालाई साकार पार्न गाउँपालिकाको सभा हलमा बुधबार गाउँपालिकाका उपाध्यक्ष चन्द्रा रेग्मीले आव ०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिकाले हालसम्म विभिन्न ३१ वटा ऐन, नियम, निर्देशिका तथा कार्यविधिहरू निर्माण गरी लागू गुर्नको साथै श्रम रोजगार बैंक व्यवस्थापनसम्बन्धी कार्यविधि,२०७६ पारित गरी आमनागरिकलाई विकास निर्माणमा संलग्नता बढाउन प्रतिवद्ध रहेको छ । विभिन्न प्रकृतिका विपद्जन्य प्राकृतिक प्रकोप पीडितहरूलाई विभिन्न राहत तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ । यस्तै प्रशासनिक भवन निर्माण गर्नका लागि वडा–२ मा पाँच रोपनी जग्गा पास गरिएको छ

यता वडा–४ को वडा कार्यालय र सामुदायिक स्वास्थ्य इकाइको भवनको लागि क्रमशः दुई, तीन र चार रोपनी जग्गा पास गरिसकिएको छ । वडा–३ सान्तडामा १५ श्ययाको अस्पताल निर्माण गर्नका लागि १४ रोपनी जग्गा पास गुर्नका साथै कर्णाली प्रदेश सरकारबाट समपुरक अनुदान रकम एक करोड प्राप्त गरी अस्पताल निर्माणका लागि १ करोड ६७ लाखको बोलपत्र आह्वान भई कार्य प्रारम्भ भएको छ । नेपाल सरकारको ग्रामीण विद्युतीकरण नीतिअन्तर्गत यस भगवतीमाई गाउँपालिकाका प्रत्येक वडा तथा वस्तीमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि ग्रामीण सामुदायिक विद्युतीकरण विभागसँग समपुरक अनुदान माग गरी यो कार्य कार्य आरम्भ हुँदै छ ।

गाउँपालिकाको केन्द्रमा अबको केही दिनमै राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बाल्ने तयारी भएको गाउँपालिका प्रमुख प्रसासकीय अधिकृतले बताएका छन् । ‘एक घर एक धारा’ को नीतिअनुसार कार्य अगाडि बढाइएको तथा वडा–४ मा सहडे सिँचाई योजना सम्पन्न हुने अवस्थामा पुगेको छ ।

साथै आगामी वर्ष ०७६-७७ मा यस भगवतीमाई गाउँपालिकाले सामाजिक सुरक्षा समावेश नगरी व्यावसायिक कृषि, पशुपालन र पूर्वाधारलाई प्राथमिकतामा राखेर ३८ करोड ८७ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रा रेग्मीद्वारा प्रस्तुत नीति तथा बजेटमा ऊर्जा, सडक, खानेपानी, सिँचाइ, सूचना सञ्चार तथा प्रविधि वडा–५ र ६ मा होम स्टे, सहिद स्मृतिपार्कजस्ता पूर्वाधारहरूको विकास प्रत्यक वडा कार्यालयमा इन्टरनेटको सुविधा, कृषि, पशुपालन, जडीबुटी, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ, सामाजिक न्याय र समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया