बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका–९ मा भएको सामूहिक बलात्कार खाजा खाने निहुँमा भएको पाइएको छ । गैडहवा गाउँपालिका–९ की जमुना र अर्चना (परिवर्तित नाम) नागेश्वरी चोकमा सामूहिक बलात्कारको सिकारमा परेका हुन् ।
दुई दिनसम्म फोन सम्पर्कमा रहेका विष्णु थारू चौधरीले ती युवतीहरूलाई २ असार साँझ नागेश्वरी चोकमा रहेको एक होटलमा नास्ता खान बोलाएका थिए । चौधरीको निम्तोलाई स्वीकार गरी उनीहरू तीन किलोमिटर परको उक्त चोकमा पुगेका थिए । उनीहरू साँझ ६ बजेदेखि ९ बजेसम्म विष्णुकै एक साथीसँग होटलमा नै नास्ता खाएर बसेको स्वयं युवतीहरू बताउँछन् ।
राती ९ बजे घर पु¥याइदिने भन्दै चौधरीले मोटरसाइकलमा राखेर लगेका थिए । गफ गर्ने निउँमा बीच बाटोमा मोटरसाइकल रोकी नजिकैको खेतमा लगेर बलात्कार गरेको पीडित युवती बताउँछन् । खेतमा पुगेपछि चौधरीले एक महिलामाथि बलात्कार गर्न थालेपछि अर्की भागेर हसनापुर पुगी गुहारसमेत मागेकी थिइन् ।
रातीको सवा १० बजे गुहार मागे सुनेपछि हसनापुरका पाँच जना युवाहरू लाठीसहित सहयोगमा निस्केका थिए । त्यहाँ पुग्दा अरू ८-१० जना युवा जम्मा भइसकेको युवतीको भनाइ छ । गुहार दिन लाठीसहित गएका प्रकाश रिजाल, राजीव रिजाल, जीवन ज्ञवाली, विराट नेपाल र आकास चौधरी मध्ये गुहार दिन गएकै जीवन ज्ञवालीले पनि बलात्कार गरेको त्यी युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
‘लाठीसहित म र केटाहरू साथी भएको ठाउँमा पुग्दा त्यहाँ धेरै केटाहरू थिए, ती केटाहरूले हामीलाई दुई तिर लगेर पालैपालै बलात्कार गरे’ पीडित युवतीले भनिन्, ‘कपडासमेत सोही स्थानमा पुकाल्दिएपछि विष्णुले नै दिएको टिसर्ट र लुङ्गी बेरेर बाहिर निस्केकी थिएँ ।’ बलात्कार गरेपछि पनि चौधरीले ‘बाहिर कुरा गरे ठीक नहुने भन्दै’ धम्काएको पीडित युवतीको भनाइ छ । घटनाको मुख्य दोषी मानिएका चौधरी अहिले फरार छन् । गुहार दिन गएका मध्ये जीवन ज्ञवालीलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको छ भने बाँकी चार जनालाई तारेकमा छाडेको छ ।
सामुहिक बलात्कारको सिकारमा परेको दुई युवतीलाई गैडहवा गाउँपालिकाले सहयोग रकम दिएको छ । अति विपन्न परिबारका उनीहरूलाई गाउँपालिकाको निर्णयअनुसार उपचार खर्च भन्दै १०-१० हजार दिएको छ ।
गुहार माग्दा छोराहरू फसे
प्रकाश रिजाल र राजीव रिजालकी आमा देवी रिजालले घटनाको बारेमा जानकारी दिँदै सहयोग गर्दा आफ्ना छोराहरू फस्न पुगेको बताए । उनीहरूको भनाइअनुसार राती सवा १० बजेको समयमा एक युवती गुहार माग्दै घरमा आएपछि म माथिल्लो तलाबाट तल झरेँ । किन गुहार मागेको भनी सोध्दा ती युवतीले आफूहरू अपहरणमा परेको र बचाउनका लागि गुहार मागेको बताइन् । त्यहि वेला मेरा छोराहरू प्रकाश रिजाल राजीव रिजाल, जीवन ज्ञवाली, विराट नेपाल र आकाश चौधरीले लाठी लगेर त्यी युवतीसँगै घटना भएको स्थानमा घरबाट गएका हुन् ।
सवा १० बजे गएका उनीहरू साढे १० अथवा १० बजेर ३५÷४० मिनेटमै आएका थिए । मैले के रहेछ भनेर सोज्दा सबै कुरा सहमतिमा रहेछ त्यही भएर हामी आयौँ उनीहरूले मलाइ भनेका थिए । यसरी स्वच्छ मनले गुहार दिँदा यस्तो आइलाग्यो ।
खोजी जारी छ -प्रहरी
पीडित युवतीहरूले खाजा खान बोलाउने विष्णु थारु चौधरी र गुहार माग्न जाँदा बलात्कार गरेको आरोपमा दुई जनामाथि जाहेरी दिएका छन् । बलात्कार गर्दा १२÷१४ जना भए पनि रातको समय भएकाले अरू क–कसले बलात्कार गरेको भन्ने युवतीहरूलाई जानकारी छैन । चिनेका दुई जनामाथि जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
गुहार दिन गएका जीवन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ भने घटनाका मुख्य योजनाकार विष्णु थारू चौधरी भने फरार छन् । प्रहरीले विष्णु चौधरीलाई पक्राउ नगर्दासम्म थप बलात्कारीको पहिचान हुन नसक्ने भएकाले चौधरी माथि खोजि तीव्र बनाइएको बताएको छ । पक्राउ परेका ज्ञवालीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया