काठमाडौँ । १५ हजार घुससहित पक्राउ परेका रूपन्देही इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बहादुर बस्नेतविरुद्ध मुद्दा दायर भएको छ ।
नदीजन्य पदार्थ ढुवानी गर्ने सेवाग्राहीसँग घुस लिँदालिँदै इन्सपेक्टर बस्नेत गत जेठ २३ गते बिहीवार साँझ अख्तियारद्वारा रंगेहात पक्राउ परेका थिए ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो १५ हजार कायम गरी सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
प्रतिक्रिया