एनआईसी एशिया र ई–सेवाबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकले जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ई–सेवा खाताको शुरुवात गरेको छ । ग्राहकलाई मध्यनजर गर्दै आफ्नो मोवाइल बैंकिङ्ग वा इ–बैंकिङ्गबाट मात्र रकम जम्मा ई–सेवा काउण्टर डिपोजिट को सेवाबाट बैंकको शाखामा गई काउण्टरबाट नै ई–सेवामा रकम जम्मा गर्न मिल्ने बैंकले जनाएको छ ।

हाल मुलुकभर बैंकको २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया