खाद्य सुरक्षाका लागि अभिमुखीकरण

कालीकोट । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (ध्ँए) द्वारा सञ्चालित परियोजनाको आज जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरुन्डेक) नेपाल कालीकोटको सहयोग तथा सहजीकरणमा सरोकारवालासँग एकदिने अभिमुखीकरण गरिएको हो ।

हुरुन्डेक नेपाल कालीकोटका कार्यवहाक अध्यक्ष वीरेन्द्रबहादुर बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख लक्ष्मी विष्ट नेपालीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमका सहभागीहरूलाई स्वागत मन्तव्य राख्दै मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरुन्डेक) का कोषाध्यक्ष गौरीकुमारी शाहीले अबको विश्व र विश्वभित्र बसोवास गर्ने मानिसहरूले खाद्य सुरक्षाबारे विशेष ज्ञान लिन जरुरी रहेको बताएकी छन् । साथै खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकूलन परियोजना हाम्रै संस्था हुरुन्डेकबाट सहजीकरण भइरहेकाले अब कालीकोटका स्थानीय तहहरूमा खाद्य सुरक्षाबारे ज्ञान दिने वेला रहेको उनले सुनाइन् ।

मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरुन्डेकले विगतदेखि नै सामाजिक कार्य, समाज रूपान्तरणको एक अध्याय र अभियान चलाइरहेकाले संस्थाको पृष्ठभूमिबारे प्रष्ट पार्दै वीरेन्द्रबहादुर बुढाले यस संस्थाले गरेका काम, सहयोगी संस्थाले गरेको सहयोग र हालसम्म सम्पन्न भएका कार्यक्रमबारे प्रष्ट पार्दै आगामी दिनमा हुरुन्डेक नेपाल कालीकोटले जिल्लाका नौ वटा स्थानीयतह मात्र नभएर विपत्मा परेका नेपालका जुनसुकै जिल्लाका स्थानीयतहहरूलाई सहयोग गर्ने बताएका छन् ।

कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै सहजकर्ता राजबहादुर बुढा (थापा) ले खाद्य सुरक्षामा टेवा पु¥याउने, उत्पानमा वृद्धि गर्ने र उत्पादनमा ह्रास आउनुका कारण एवं न्यूनीकरणका उपायबारे प्रष्ट पारेका थिए । जोखिममा रहेका जनसंख्याको पहिचान गरी प्रर्याप्त खाद्यान्न तथा पोषणमा पहुँच पु¥याउने र समाजमा रहेका वस्तीहरूलाई खाद्य र पोषणको बारेमा जानकारी दिने उद्देश्य रहेको राज बहादुरले बताएका छन् ।

खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकूलन परियोजनाका जिल्ला संयोजक नरेन्द्रबहादुर शाहीले पहाडी जिल्लामा जलवायु संकटापन्न खाद्य असुरक्षित र गरिब घरपरिवारको अनुकूलन क्षमताको वृद्धि गर्न यो परियोजना लागू भएको जानकारी गराएका छन् । जिल्लाको पचालझरना गाउँपालिका र पलाताँ गाउँपालिकाका करिब ४ हजार १ सय ४० जना यस परियोजनाबाट लाभान्वित हुने आँकलन गरिएको शाहीले बताएका छन् ।

कार्यक्रमका सहभागीहरूले खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकूलन परियोजनाले जिल्लामा राम्रै काम गर्ने आशा राखेको बताउँदै आगामी दिनमा यस परियोजनालाई मिडियाबाजी गरेर सबैलाई जानकारी दिनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरुन्डेक) नेपाल कालीकोटका सचिव दिलीपकुमार शाहीले गरेका थिए ।

प्रतिक्रिया