तीन खानसँग काम गर्ने काजलको सपना

मुम्बई । दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालले बलिउडका चर्चित तीन ‘खान’ अभिनेतासँग अभिनय गर्ने सपना रहेको बताएकी छन् । दक्षिण भारतीय चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्रीको परिचय बनाएकी काजलको सामाजिक सञ्जालमा फ्यान फ्लोइङ राम्रो छ ।

उनले आफ्नो जीवनको स्वप्न सिनेमाका बारेमा कुरा गर्दै बलिउड चलचित्रमा काम गर्ने रहेको बताएकी छन् । जुन चलचित्रमा बलिउडका तिनै ‘खानशाह’ आमिर, सलमान र शाहरुख एकसाथ हुनेछन् । एक अन्तर्वार्ताका क्रममा आफू मुख्य अभिनेत्री भएको उक्त चलचित्रमा बलिउडका डिभा, करिना कपुर, मलाइका अरोरासँगै आइटम डान्स गर्नेछिन् ।

यश चोपडाले उक्त चलचित्र स्विट्जरल्यान्डमा छायांकन गरुन् र दीपावलीमा प्रदर्शन गरुन् भन्ने उनले कल्पना गरेकी छन् । साथै उक्त चलचित्रले शाहरुख अभिनीत चलचित्र ‘दिलवाले दुल्हनिया लेजाएंगे’ को रेकर्डलाई भंग गर्न सकोस् । सन् २००४ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी काजलको उक्त सपनाको विषयमाथि अहिले बलिउडमा चर्चा भइरहेको छ । हिन्दी भाषामा समेत राम्रो पकड भएकी उनी चर्चित भने दक्षिण भारतीय चलचित्रबाट हुन सफल भइन् ।

उनले सन् २०११ मा ‘सिंघम’ बाट बलिउडमा प्रवेश गरिन् । उक्त चलचित्रमा अभिनेता अजय देवगनको ओपोजिट भूमिकामा देखिएकी उनको भूमिकाको निकै प्रशंसा पाएकी थिइन् । त्यस्तै, सन् २०१३ मा बलिउड अभिनेता अक्षय कुमारसँग उनले काम गरिन् ।

उनी अभिनीत चलचित्र ‘मगधीरा’ ले थुप्रै रेकर्ड कायम गर्न सफल भएको छ । तेलुगू भाषामा बनेको उक्त चलचित्र दर्शकले निकै रुचाइएको दक्षिण भारतीय चलचित्रमा पर्छ । जुन फिल्म सन् २००९ मा प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया