इटहरीमा कार मेला शुरु

काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले र सिप्रदी ट्रेडिङ्गको आधिकारीक बिक्रेता गोयल अटो प्रालिको सहकार्यमा इटहरीमा ३ दिने कार मेलाको आयोजना गरेको छ ।

बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन हुने उक्त कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय नजिकै ओसन पार्कमा आयोजना हुने आयोजकले जनाएको छ ।

यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् ।

प्रतिक्रिया