चिलीसँग जापान स्तब्ध

एजेन्सी, अमेरिका । कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिली विजयी भएको छ । चिलीले जापानलाई ४–० ले स्तब्ध पा¥यो । चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक गोल गरे । समूह ‘सी’ मा रहेको चिलीले जापानलाई हराउँदै ब्राजिलमा जारी कोपा अमेरिकामा सुखद सुरुआत गरेको हो । साबिक विजेता चिलीलाई जित दिलाउन एड्वार्डो भार्गासको दुई गोल महत्वपूर्ण रह्यो ।

मेक्सिकोको क्लब टाइग्रेस युएएनएलबाट व्यावसायिक खेल खेल्दै आएको भार्गासले दोस्रो हाफमा गोल गर्दै चिलीको जित सुनिश्चित गराएका थिए । आक्रामक खेललाई निरन्तरता दिएको चिलीले जापानलाई निरीह बनाएको थियो ।  आमन्त्रित टोली जापानविरुद्ध इरिक पुल्गरले पहिलो हाफ सकिन ४ मिनेट बाँकी रहँदा गोल गर्दै चिलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अग्रतापछि उच्च खेल प्रदर्शन गरेको चिलीले दोस्रो हाफमा तीन गोल थप्यो । ५४औँ मिनेटमा एड्वार्डो भार्गासले गोल थप्दै टोलीको अग्रता २–० मा पु¥याए । गोल फर्काउन संघर्षरत जापान ८२औँ मिनेटमा अर्काे गोल खान पुग्यो ।

म्यानचेस्टर युनाइटेडका एलेक्सिस सान्चेजले गोल गर्दै अग्रता फराकिलो पार्दा त्यसको अर्को मिनेटमा एड्वार्डोले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे । बाँकी समयमा गोल फर्काउन आक्रामक खेल खेले पनि सफल हुन नसक्दा जापानको कोपा अमेरिकामा खल्लो सुरुआत भयो ।  सुखद सुरुआत गरेको चिली ३ अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ । यस्तै सोही समूहमा आइतबार भएको खेलमा इक्वेडरमाथि ४–० को जित निकालेको उरुग्वे गोलअन्तरका आधारमा समूह ‘सी’ को दोस्रो स्थानमा छ ।

प्रतिक्रिया