डिभोर्सपछि एक्लिएका ऋत्तिक

एजेन्सी । श्रीमती सुजैन खानसँगको डिभोर्सपछि बलिउड नायक ऋतिक रोशन अहिले एक्लिएका छन् । उनीहरूका दुई छोरा छन् । छोराहरूकै लागि भनेर उनीहरूले डिभोर्स भएपछि पनि सम्बन्धलाई टाढा बनाउँन सकेका छैनन् । ऋत्तिक र सुजैनको डिभोर्सको मुख्य कारण थियो शंका गर्ने बानी ।

ऋतिकले चलचित्र ‘काइट्स’ मा काम गर्दा उनीहरूबिच पहिलो खटपट सुरु भएको थियो । सो चलचित्रमा ऋत्तिक रोशनले नायिका बार्बरा मोरीसँग काम गरेका थिए । चलचित्रको त्यहाँ सुटिङ चल्दै गर्दा ऋतिक र बार्बरा प्रेममा रहेको समचार बाहिरीएको थियो । त्यो समाचार बाहिरीएपछि ऋतिक र सुजैनबीच सम्बन्धमा चिसो पलाएको थियो ।

उक्त चलचित्र रिलिज भएपछि बार्बरासँगको प्रेम सम्बन्ध सेलाए पनि ऋतिक र सुजैनबीचको खटपट भने सकिएको थिएन । उनीहरूबीच यही कुरालाई लिएर वेला वेलामा झगडा परिरहेको हुन्थ्यो । पछि ऋत्तिकको प्रेम सम्बन्धको चर्चा नायिका कंगना रनावतसँग पनि चलेको थियो । त्यस्तै चलचित्र ‘क्रिस ३’मा काम गर्दा पनि उनीहरूबीच प्रेम सम्बन्धको समाचार आएको थियो । नायिका कंगनाले पनि आफूलाई ऋत्तिकसँग विवाह गर्ने मनसाय भएको बताएकी थिइन् ।

सो कुराले ऋत्तिकको जलिरहेकै घर झगडामा झनै आगो लाग्न थाल्यो । चलचित्र ‘क्रिस ३’ रिलिज भए लगत्तै ऋत्तिक र सुजैन एक आपसमा अलग भएका थिए । त्यसपछि ऋत्तिक र कंगनाको प्रेम अघि बढ्यो । तर, उनीहरूबीचको प्रेम सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । त्यही समयमा उनीहरूको निकै ठूलो विवाद पनि परेको थियो । उनीहरूको झगडा अझैसम्म पनि सेलाउन सकेको छैन । ऋत्तिकले कंगनालाई विहे नै गर्ने आवश्वासन दिएका थिए ।

अहिले फेरी ऋत्तिक रोशन आफ्नी श्रीमती सुजैनसँगै नजिक भएका छन् । उनीहरू ह्याङ आउटको लागि तथा विवाह पार्टीमा समेत एकसाथ हिडिरहेको देखिन्छन् । आफ्ना दुई छोराहरूलाई आमा बुबाको अभाव हुन नदिने मनसायमा उनीहरू एक अर्कासँग नजिक भएका हुन् । सुजैन खानसँग विवाह गर्नु अघि पनि ऋत्तिक रोशन प्रेम सम्बन्धमै थिए । त्योवेला ऋत्तिकको प्रेम नायिका करिना कपूरसँग चलेको थियो । उनीहरूको प्रेम भएको थाहा पाएलगत्तै सुजैन ऋत्तिकसँग टाढा हुन चाहेकी थिइन् । तर, ऋत्तिक र सुजैनको माया बाल्यकालदेखिकै थियो । यही कारणले पनि ऋत्तिकले करिनालाई नरोजेर सुजैनसँगै विवाह गरेका थिए ।

प्रतिक्रिया