काठमाडौं । एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा एनसीसी भिजा क्रेडिट कार्ड शुभारम्भ गरेको छ । बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटिएम मेशिन मार्फत सामान वा सेवा लिन सकिने ईएमभि चिपमा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको छ ।
एनसीसी भिजा क्रेडिट कार्डको शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी भिजा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ । हाल बैंकले १२० वटा शाखा कार्यालय, ८१ वटा एटिएम मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ ।
प्रतिक्रिया