स्याङजा । अन्तर नगरपालिकास्तरीय उप—मेयरकप महिला फुटबल प्रतियोगितामा वालिङ नगरपालिका सेमिफाइनलमा प्रबेश गरेको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा वालिङले समूह ‘ए’ अन्तर्गत ३ खेल खेलेको थियो । २ खेलमा फराकिलो गोल अन्तर विजयी गरेको वालिङले सोमबार खेलेको तेस्रो खेलमा बर्दियाको बाँसगढी नगरपालिकासँग गोलरहित बराबरीमा रोकिएपछि अंकको आधारमा समूहको विजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको हो ।
सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकमा शनिबार भएको समूह ‘ए’ को पहिलो खेलमा वालिङ नगरपालिका स्याङजाले शम्भुनाथ नगरपालिका सप्तरीलाई ११—० को फराकिलो गोल अन्तरले जीतेको थियो । उक्त खेलमा सरस्वती हमालले ४, शान्ताले ३, अस्मिता रनपाल, मनमाया दमाइं, लेखमाया मास्कीले १÷१ गोल र एक गोल आत्मघाती भएको एन्फा स्याङजाका महासचिब भीम पंगेनीले बताए ।
यसैगरी, आइतबार भएको दास्रो सखेलमा वालिङ नगरपालिका स्याङजा र घोराही तुलसीपुर नगरपालिकाबीचको खेलमा वालिङ नगरपालिकाले ० को विरुद्ध ५ गोलले विजयी हासिल गरेको थियो । अस्मिता रन्पाल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । सोमबार भएको तेस्रो खेलमा वालिङका टिम निकै आक्रामक रूपमा आफूलाई प्रस्तुत गरे पनि वाँसगढी नगरपालिकाले रक्षात्मक खेल प्रदर्शन ग¥यो । जसको नतिजा खेल बराबरीमा टुंगियो ।
यो खेलसँगै अंकको आधारमा सेमीफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको वालिङ नगरपालिकाको ३ खेलबाट ७ अंक जोडेको छ, भने समान खेल खेलेको बाँसगढीको ५ अंक रहेको छ । वालिङ नगरपालिकाले अव सेमिफाइनलमा आगामी १० गते अर्काे समूहको विजेतासँग प्रतिस्पर्धा गर्ने वालिङ नगर काइपालिका सदस्य एवम् टिम ब्यवस्थापक रेखा थापाले बताइन् ।
स्याङ्जा
प्रतिक्रिया