बझाङ । मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी १० जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुंरीबाट मष्टा गाउँपालिका जाँदै गरेको सो जिप भिरबाट तल खसेर दुर्घटनामा परेको हो । से.१ ज १०७२ नम्बरको जिप मष्टा गाउँपालकिा–१ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दिउँसो करिब पौने तीन बजेतिर जिप सडकबाट करिब दुई सय मिटर तल भिरमा अड्किएको थियो । मानिससमेत सजिलै जान नसक्ने भिरमा अड्किएका कारण सुरुमा उद्धार गर्न कठिन भएको थियो । मृतकहरू अधिकांश मष्टा गाउँपालिकाका रहेका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका(१ का ४२ वर्षीय कलकबहादुर खड्का, उनका १७ वर्षीय छोरा सुनिल खड्का पनि रहेका छन्। यस्तै उनकी श्रीमती वर्ष ३८ की जुनधारा खड्काको पनि सोही दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको छ।
यसैगरी सोही वडाका २३ वर्षीय हिक्मत खड्का, सोही वडाकी वर्ष ४९ की धौली खड्का, वर्ष ६५ की जुना खड्का, वर्ष ९ की विपना खड्काको समेत मृत्यु भएको छ। यसैगरी ३० वर्षीय भक्त द्वाल, वर्ष २७ का लक्ष्मी द्वाल सोही वडाका वर्ष २३ का चालक सुरेन्द्र थापा रहेको प्रहरीले वडा प्रहरी कार्यालय चैनपुरका सइ माहानन्द जोशीले बताए।
गम्भीर घाइतेमध्ये ठाटीकाँध गाउँपालिका–४ का जिप मालिक ३० वर्षीय लोकेन्द्रबहादुर शाही सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही ४२ वर्षीय सुरत शाही र जिप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनीहरूलाई लिन गएको हेलिकोप्टर पनि खराब मौसमका कारण ढिला मात्र उडेको थियो । घाइतेलाई भिरबाट निकाल्न पनि धेरै समय लागेको थियो । उद्धारमा खटिएका प्रहरीका अनुसार लामो बाटोबाट घटनास्थलमा पुगेर उद्धार गरिएको हो । बाटो पनि निकै अप्ठेरो रहेका कारण यस्ता सडकमा दुर्घटनाको जोखिम अत्यधिक हुने गरेका छन् ।
प्रतिक्रिया