नेपाल पुनर्बिमा कम्पनीको साधारण सभा

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रबार ललितपुरको सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको मूलभूत उपलब्धिहरूको बारेमा प्रकाश पारे । कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आब २०७४।७४ मा कूल मुनाफा करिब एक दशमलव ५५ अर्ब गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि वार्षिक साधारण सभामा पेश गरे । सो अवसरमा नेपालको बिमा उद्योगमा निरन्तर दोश्रो वर्ष समेत सबैभन्दा ठूलो करदाता बन्न सफल भएको उनले दाबी गरे ।

काठमाडौं महानगर ३१ मीनभवनमा कम्पनीको ४—१०—०—० क्षेत्रफल भएको जग्गामा कम्पनीको भवन निर्माण कार्यको प्रक्रिया आरम्भ गरी परमार्शदाता इन्जिनियरिंङ अध्ययन संस्थान पुल्चोकबाट भवनको स्वरूप निर्धारण गरिएको साधारण सभामा जानकारी दिईयो ।

त्यस्तै, बिमा समितिबाट व्यवस्था गरिए बमोजिम नेपाल वित्तीय रिपोर्टिंग मापदण्ड अनुरूप आ ब २०७४।७४ को वित्तीय विवरण तयार गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूंजी ५ अर्बबाट बढाएर १६ प्रतिशत सर्वसाधारण शेयरसहित १० अर्ब कायम गर्न सफल भएको र उक्त १६ प्रतिशत सर्वसाधारण शेयर कायम गर्नका लागि आईपिओ जारी गर्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया