कालीकोट । जिल्लामा कुपोषित भएका बालबालिकामध्ये ६० प्रतिशतभन्दा बढी दलित समुदायमा भेटिएको एक तथ्यांकमा पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको एक तथ्यांकमा बढी दलित बालबालिका कुपोषित देखिनुका कारण भने लैङ्गिक विभेद, गरीबी, रुढिवादी परम्परा, तयारी खानाको प्रयोग, जीवनको महत्व थाहा नपाउनु जस्ता कारण रहेको जिल्ला अस्पताल कालिकोटका प्रमुख कटक महतले बताए् ।
महतका अनुसार यो वर्ष कुपोषणमा कमी आउनुको कारण बहुक्षेत्रीय पोषण कार्यक्रम लागु हुनु, शीघ्र कुपोषण एकीकृत व्यवस्थापन लागु, मातृशिशु तथा बाल्यकालीन पोषण वृद्धि अनुगमन तथा परामर्श, आमा तथा बालक स्वास्थ्य स्याहार सम्बन्धी कार्यक्रम लागु हुँदा यो वर्ष गतवर्ष भन्दा कुपोषणको अवस्थामा कमी आएको हो ।
जिल्ला अस्पताल कालिकोटका प्रमुख महतले जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको बताए । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो ।
गतवर्षको तुलनामा जन्मदा कमतौल भएका बालकको अवस्था पाँच प्रतिशत र यो वर्ष चार प्रतिशत रहेको छ । दुई वर्ष मुनिका कमतौल भएका बालकको गतवर्ष २० प्रतिशत थियो भने यो वर्ष १३ प्रतिशत रहेको छ । एक सय ८० वटा आइरन चक्की प्रयोग गर्ने महिलाको संख्या गत वर्ष ५१ प्रतिशत र यो वर्ष ५५ प्रतिशत छ । सुत्केरी महिलाले प्रयोग गर्दै आई रहेको ४५ आइरन चक्की खानेको संख्या गतवर्ष ७४ प्रतिशत थियो भने यो वर्ष ७९ प्रतिशतले बढेको छ । कालीकोट जिल्लामा कडा कुपोषित बालबालिकाको संख्या गतवर्ष आठ सय ८३ जना र यो वर्ष पाँच सय १२ जना रहेको छ महतकाअनुसार गतवर्ष पाँच सय ९० जनाको कुपोषणको उपचारबाट निको भएको थियो भने यो वर्ष चार सय आठ जना निको भएको उनको भनाइ छ । जिल्ला अस्पताल कालीकोटको तथ्यां्कका आधारमा जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका मध्यम शीघ्र कुपोषित बालबालिकाको प्रतिशत गतवर्ष १४ प्रतिशत र यो वर्ष सात प्रतिशत रहेको छ । यस्तै कडा शीघ्र कुपोषित बालबालिकाको संख्या गत वर्ष सात प्रतिशत र यो वर्ष चार प्रतिशत रहेको छ ।
कालिकाेट
प्रतिक्रिया