गठबन्धन पछि दुइतिहाइको सरकार गठन भएको सोह्र महिनामा पुग्नै लाग्दा मनको कुनामा झुण्ड्याइएको आशाको त्यान्द्रो सुकेर गएको छ । पाँच वर्षको लागि बनेको यो सरकार दुई वर्ष नपुग्दै सरकारको नाप तौल गर्नु मुर्खता भएको पनि भन्न सक्लान् तर सरकारले जनताको जीवन उन्नतिको लागि भने कुनै पनि कार्यक्रम ल्याएको देखिएन
धेरै राजनीतिक परिवर्तन र हिंसात्मक आन्दोलनपछि देशले स्थाई सरकार पाएको हो । कोही मन नमिलेर एकीकरण नभएका कम्युनिस्ट पार्टी बाहेक मन मिलेर एकीकरण भएका कम्युनिस्टहरू औधी खुसीपनि भएका छन् । मन मिलाएका कम्युनिष्ट पार्टिहरू निमार्चनमा मत माग्नको लागि तयार भएपछि जनतामा पनि एक किसमको आशा जागेको थियो । ओली सरकारले भन्ने गरेको आर्थिक समृद्धि र रवीन्द्रले भन्ने गरेको समृद्धि हाम्रै पालामा छ भन्ने नाराले जनताको मन प्रफुल्ल मात्र बनाएन अविकसित देशका गरीब जनता र अराजकताको राजनीतिले थलथल भएको मनको कुनामा आशाको त्यान्द्रो समेत झुण्ड्याई दिएको थियो ।
मन मिलेका कम्युनिस्ट गठबन्धनको निर्वाचनमा नेपाली मतदाताले गठबन्धनलाई जिताएको होइन । नेपालको राजनीतिक परिर्वतनमा ठूलो भूमिका खेलेको नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसलाई हराएको पनि होइन । नेपाली मतदाताले केवल यो गठबन्धनमार्फत विकास अनि समृद्धिलाई चुनेको हो जो ओलीले नेतृत्व गरेको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अहिले पनि ब्राण्डका रूपमा कार्यकर्ताको जिब्रोमा झुण्डिरहेको छ ।
यदि यो कुरा नबुझी सत्तामै अल्झने हो भने फेरि अर्को मौका न यी पार्टीहरूले पाउँनेछन् न नेताहरूले नै पाउँनेछन् । गठबन्धन पछि दुइतिहाइको सरकार गठन भएको सोह्र महिनामा पुग्नै लाग्दा मनको कुनामा झुण्ड्याईएको आशाको त्यान्द्रो सुकेर गएको छ । पाँच वर्षको लागि बनेको यो सरकार दुई वर्ष नपुग्दै सरकारको नाप तौल गर्नु मुर्खता भएको पनि भन्न सक्लान तर सरकारले जनताको जीवन उन्नतिको लागि भने कुनै पनि कार्यक्रम ल्याएको देखिएन । सरकारले ल्यउन त प्रधानमन्त्री रोजगार कार्यक्रम पनि ल्याएको छ लागु हुन केही समय लाग्न सक्छ तर जनता लाभान्वित हुने की नहुने भन्नेमा भर पर्छ । केही महिना पहिले नयाँ युगको सुरुआत गर्दा पनि केही ब्रान्ड कार्यकर्ताबाहेक खुसी देखिएनन् ।
समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेको सरकार होस् या पहिले बनेका सरकारमा कुनै भिन्नता देखिएको छैन । विकास नहुनु र जनता निरास हुनुमा नेपालको विगतको राजनीतिक अभ्यास र सत्ता परिर्वतनको इतिहास हेरे पुग्छ । पृथ्वीनारायण शाहले एकीकरण गरे पश्चातका राजनीतिक घटनाक्रमहरूको इतिहास हेर्ने हो भने आजका दिनसम्म नेपालमा न्याय, शान्ति, समता, समृद्धि र सुशासन कहिल्यै आएको देखिदैन । जब जब आन्दोलन र संघर्षहरू चुलिँदै जान्छन् तब–तब नेतृत्वले सम्झौताको नाममा घात गरेकै हो । अहिले विशेषगरी देशको राजनीतिक शक्ति दुई कित्तामा बाँडिएको छ, एउटा कित्तामा नेकपा–सत्तासीन र, ने.का .मधेसवादी दल लगायत अन्य संसदीय दलहरू छन् भने अर्को कित्तामा एक्लो नेकपा (बिप्लव) पार्टी छ ।
समग्रमा नेकपा (सत्तासीन) र नेकपा (विद्रोही) नै देशको अहिलेको प्रमुख शक्तिकेन्द्रको रूपमा रहेका छन् । यी दुई शक्तिकेन्द्रहरू अहिले आ–आफ्नै उद्देश्य र तयारीमा लागेका छन् । अलग अलग धारबाट २०२८ सालमा तत्कालीन झापा विद्रोहमार्फत राष्ट्रिय राजनीतिको केन्द्रमा आएका खड्गप्रसाद ओलीको नेतृत्वमा रहेको नेकपा एमाले र वि.सं. २०४४ को तत्कालीन सेक्टर काण्डपश्चात राष्ट्रिय राजनीतिको केन्द्रमा प्रवेश गरेका पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता भै बनेको नेपाल कम्युनिस्ट पार्टी वर्तमान नेपालको सत्ताधारी दल बनेको छ भने प्रचण्डकै सहकर्मी आन्दोलनमै छ । भिन्न–भिन्न अभीष्ट र कार्यदिशा लिएर हिँडेका यी दुई दल विभिन्न सपना देख्दै र देखाउँदै एक भएको लामो समय भएको छैन ।
अबको पाँच वर्षमा आर्थिक विकास गर्दै समाजवादसम्म पुग्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारा लिएको छ । नेपालमा प्रजातन्त्र स्थापना भएसँगै नेपालको सरकार मात्रै होइन, नेपाली जनता पनि अस्थीर रहे । नेपाली जनताले प्रत्येक निर्वाचनमा स्वाद फेरि नै रहे तर सरकारमा जाएको पार्टीले जनताको मनबाट छिन भरमै हारे । एक पटक विगतलाई सम्झाँै २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछिको पहिलो निर्वाचन २०४८ सालमा काँग्रेसले बहुमत पायो । तर, काँग्रेसले त्यो बहुमत जोगाउन सकेन । २०५१ सालमा काँग्रेस अलिकति खुम्चियो र वामपन्थीहरू पहिलो शक्तिका रूपमा संसद्मा पुगे तत्कालीन एमालेले नौ महिने सरकारको चर्चा पायो ।
२०५६ सालमा फेरि काँग्रेसले बहुमत पायो तर त्यो बहुमत पनि काँग्रेसले जोगाउन सकेन । गणतन्त्र स्थापनापछि भएको २०६४ सालको पहिलो निर्वाचनमा फेरि भारी अपेक्षासहित नेपाली जनताले विद्रोहबाट निर्वाचनमा आएको माओवादीलाई पहिलो शक्ति बनाए । २०७० सालको निर्वाचनमा नेपाली मतदाता फेरि फर्किए अनि काँग्रेसलाई नै पहिलो शक्ति बनाए । काँग्रेस फेरि सुध्रिएन, तसर्थ २०७४ सालमा नेपाली जनताले एमालेलाई पहिलो पार्टी बनाए अनि गठबन्धनलाई दुई तिहाइ नजिक पु¥याए ।
राणाहरूको अन्त्य पछि नेपालमा हालसम्म ७५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् भने २०४६ सालदेखि आज सम्म तत्कालीन राजा ज्ञनेन्द्रको मन्त्रीमण्डल लगायत २७ पटक प्रधानमन्त्री फेरीएका छन् । धेरै राजनीतिक दलहरूले जनताको मत पनि पाए र अहिले पनि केन्द्रीय राजनीतिमा बाँचिरहेका छन् । माथि उल्लिखित कुरा सत्ता परिर्वतनको मात्र होइन सत्तामा पुगेपछि जनताले सत्ताधारी दलहरूसँग गरेको आशा र सत्ता पक्षले जनतासँग गरेको व्यवहार महत्वपूर्ण कुरा हो । यतिका निर्वाचन हुँदा दलहरूले मतदाताको मत जितेर सत्तामा पुगेपनि मन जित्न नसक्नु दुर्भाग्य मान्नु पर्छ ।
निर्वाचनको वेला गरेका बाचा पूरा नहुँदा कलाकारदेखि पत्रकार र राजनीतिक दलभित्रका गुटको मारमा परेका कार्यकर्तासमेत रुष्ट भएका देखिन्छन् । सरकारको काम जनताको पक्षमा नभएपछि कलाकारले गीत मार्फत पीडा पोख्ने गर्छ, पीडा पोख्दा कलाकारको कतिपय गीतहरूनै बजारमा आउन पाएनन् । उदाहरण नै लिने हो भने पञ्चायतको वेलामा सुदूरपश्चिमका नरेन्द्र रेग्मीले गाएको गीतले रेग्मीको जागिर गयो उनले गाएको ‘‘चैर मुसी चैर’’ बोलको गीतमाथि पञ्चायतले प्रतिबन्ध लगायो । नरेन्द्रले यो गीत पञ्चायत विरुद्ध गाएका थिए भने प्रजातन्त्र पुनस्र्थापना पछि मात्र यो गीत बजारमा आएको थियो ।
अर्का गायक जे पापीले कालापानिदेखि नेतासम्मका गीत गाए । ‘‘माछी मार्न जाउन दाजै कालापानीमा’’ बोलको संगीतमा नेपालको राजनीतिलाई जगजगाएको थियो भने नेपाली युवाहरूलाई देशप्रतिको माया बढाउने खालको गीत थियो । तर राजनितिक परिर्वतन र सत्ता परिर्वतनले मात्र नत देशको विकास हुन्छ नत युवाहरूले स्वदेशमै बस्न पाउँछन् भन्ने मनसाय बोकेको राजनीतिक गीत ‘‘सुत सुत ए काठमाडांै सरह’’ र अर्काे गीत ‘‘यो देशको काट्टो खानेहरू’’ भन्ने बोलको गाए । सरकारसँग असन्तुिष्ट पोखिएको र वास्तविकता बोकेका यी गीतहरू बजारमा आउनै सकेनन् ।
जे पापीका गीत सुन्ने जनता सरकारसँग असन्तुष्ट भए तर सरकार गरेको निर्णय अडिक रह्यो सरकारका प्रतिनिधिहरू साँच्चिने प्रयाससम्म गरेनन् । दश वर्षे द्वन्द्वपश्चात राजनीतिक परिवर्तन र जनताको दैनिक आर्थिक परिवर्तनको लागि भनेर ल्याएको गणतन्त्रमा समेत कलाकारले नै जनताको दुखेसो पोखे सरकारले गीतको आलोचना मात्रै ग¥यो तर आफू सच्चिएन मत जित्यो तर गणतन्त्र आउँदासम्म जनताको मन जित्न सकेन लोकप्रिय सरकार बन्ने प्रयास गरेको देखिँदैन ।
गणतन्त्र घोषणापछि नै हो क्यारे वद्री पंगेनीले ‘‘अझैनि गणतन्त्र आको छैन है जनताले भनेझै भाको छैन है’’ भन्ने बोलको गीत गाएको । वद्रीले भनेझैँ आजसम्म पनि देशमा गणतन्त्र आउन सकेको छैन । पछि पशुपति शर्माले गाएको ‘‘लुट्न सके लुट कान्छा’’ भन्ने बोलको गीतले ठूलै चर्चा बटुल्यो । सडकदेखि संसदसम्म दोहरीनै चल्यो । सरकारले यो गीतलाई युट्युब च्यानलबाटै हटाउन लगायो । सरकारले दुइतिहाइको दम्भ देखायो र शासकका पञ्चायती झल्को देखियो । शर्माको गीतलाई लिएर सत्ता पक्ष र प्रतिपक्षमा देखिएको कलहले जनतामा पनि सरकार प्रति घृणा जागेकै हो । उनको गीतमाथि भएको विवाद पछि सुर्य खड्काले ‘‘लागिहाल छेउ सरकार लागिहाल छेउ’’ बोलको गीत बजारमा ल्याए ।
हालै रमेशराज भट्टराई ‘‘यो नेपाल हो यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्नै हुँदैन’’ बोलको गीत बजारमा ल्याएका छन् । राजनीतिक परिवर्तनको निम्ति महत्वपूर्ण भूमिका खेलेका कवि कलाकारहरू रंगमञ्चमा किन असन्तुष्टिका गीत कविता गाउँछन् सरकारले कहिल्यै समीक्षा गरेको देखिएन । झन् जनताले आशा गरेको सरकारका जनप्रतिनिधिहरू उग्र देखिन थालेका छन् । पत्रकारको नाक भाँच्न आफ्नो घरेडीको एक करोड छुट्याउँछु भनेर मिडियामै चुनौती दिएको पनि देशमा प्रजातन्त्र आएपछिको र गणतन्त्रको उदाहरणीय घटना हो ।
सरकारले ज्यान मार्ने धम्कीदिने जनप्रतिनिधिलाई समेत कानुन अनुरूप केही गरेन । ओली प्रचण्ड ब्रान्ड सरकारले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपाली बनाउन उदण्ड जनप्रतिनिधि र सहनशीलता विहीन सरकार नभएर जनतामुखी कार्यक्रम ल्याई भ्रष्टाचारको अन्त्य गरी जनताको मन जित्न सकेमात्र समृद्ध नेपाल सुखी नेपालीको सम्भावना होलाकी ?
प्रतिक्रिया