एनसेल फोरजीमा अब गज्जबको डबल डेटा प्याक

 

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सातदिन र तीस दिन समय सिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।

यो अफर जेठ ३० गते (बिहिबार) देखि लागु भएको छ । देशको १ हजार भन्दा बढि स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो ।

यो योजना अन्तर्गत सातदिन समय सिमा भएको ५०० एमबी डेटा र तीस दिन समय सिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समय सिमा भएको ३ जिबी डेटा कर सहित ४५३ दशमलव ३० रुपैयाँमा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजालिन सक्नेछन् ।

त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक कर सहित ९५ं.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।

योजना अन्तर्गत बोनसको लाभलिनका लागि ग्राहकसँग फोरजी सपोर्टगर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमापहँुच हुनुपर्छ । सातदिनवातीस दिन समयसिमाभएको डेटा भोलुमटुजी, थ्रिजीवाफोरजीकुनै पनि नेटवर्कमाचलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमामात्रचलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढि स्थानहरुमाविस्तार गरिसकेको छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ मा एसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।

ग्राहकहरु लाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्च गतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।

प्रतिक्रिया