महिला विश्वकप फुटबल: क्यामरुनमाथि क्यानडाको जित

एजेन्सी, फ्रान्स । केडिसा बुच्नानको निर्णायक गोलमा क्यानडाले जारी महिला विश्वकप फुटबलमा क्यामरुनमाथि जित निकालेको छ । आज बिहान सकिएको खेलमा क्यानडालाई विजयी बनाउन केडिसाले गरेको एकमात्र गोल प्रर्याप्त भयो । ला मोसन मैदानमा पहिलो हाफको अन्तिम समयमा केडिसाले क्यानडालाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा क्यामरुनको खेलमा फर्कन प्रयास असफल हुँदा क्यानडा विजय भएको हो । जितसँगै ३ अंक जोडेको क्यानडा समुह इ को शिर्ष स्थानमा छ । क्यानडाले अब अर्को खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

जापान – अर्जेन्टिना बराबरी
अर्जेन्टिनाले फ्रान्समा जारी महिला विश्वकप फुटबलमा जापानसँग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा अर्जेन्टिनाले एसियाको पावरहाउस मानिने जापानसँग गोलरहित बराबरी खेलेको हो ।  पार्स डेस प्रिन्सेस मैदानमा पहिलो हाफ गोलरहित भएपनि दोस्रो हाफमा आक्रामक बनेका दुबै टोलीले अवसर गुमाउँदा जित निकाल्न सकेनन् । बराबरीपछि दुबै टोलीले १–१ अंक बाँडेका छन् । ३ अंकसहित इङ्ल्यान्ड समूह डी को शीर्षस्थानमा रहँदा अर्जेन्टिना दोस्रो तथा जापान तेस्रो स्थानमा छ ।

प्रतिक्रिया