ग्लोबल आइएमई र सन नेपालबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरू मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका जीवन बिमा योजनाहरू खरिद गर्नुका साथै जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया