काठमाडौं । व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजार खाजा खबर डट कम को सुरुआत गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्टान्डर्ड चार्टर बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले खाजा खबर डट कम को उद्घाटन गरे ।
कर्जा बजार यस्तो डिजिटल मञ्च हो, जहाँ प्रयोगकर्ताहरूले प्रमाणपत्र प्राप्त बित्तीय संस्थाहरूबाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरू (घर,सवारी साधन, अचल सम्पत्तिकर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरू, प्राप्तगर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन ।
यसका साथै वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदनका लागि चालिने प्रक्रियाका समेतका बारेमा पनि हेर्न सकिनेछ । तीनवटा बाणिज्य बैंकहरू (स्टान्डर्ड चार्टर बैंक, एनएमबि बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक (सिन्धु विकास बैंक) ले कर्जाबजारसँग सम्झौता गरिसकेका छन् ।
प्रतिक्रिया