तीव्र गतिमा सेवा विस्तार गर्दै टेलिकम

काठमाडौं । चालु आर्थिक वर्षमा हालसम्म नेपाल टेलिकमले तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ । तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा कम्पनीले ती बीटीएसहरू सञ्चालनमा ल्याएको हो ।

हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरू पु¥याएर सम्पूर्ण मुलकलाई अत्याधुनिक सञ्चार सेवाहरू मार्फत लाभ पु¥याउन नेपाल टेलिकम लागिरहेको कम्पनीले दाबी गरेको छ । कम्पनीले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका योजनाहरू तराईका जिल्लाहरूमा पनि प्राथमिकताका साथ अघि बढाएको छ । तराई तथा मधेश क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका ग्रामीण वस्तीका वासिन्दालाई कम्पनीको सेवामार्फत सस्तो दरमा नेपाल तथा विदेशमा भएका आफन्तसँग कुराकानी गर्न र अन्य सुविधा लिन सहज भएको टेलिकमले उल्लेख गरेको छ ।

तराईका अधिकांश जिल्लामा कम्पनीको सेवा उपलब्ध भएता पनि दुर्गम र कम जनघनत्व भएका कतिपय वस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन । पछिल्लो समयमा धेरै बीटीएस थप गरिएपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रूपले उपलब्ध भएको हो । जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भएपनि सबै नेपालीबीच कम्पनीको सेवा पु¥याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमा पनि टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको छ ।

धेरै जनघनत्व भएका तराईका जिल्लाहरूमा उपभोक्ताको मागअनुसार कम्पनीका सेवाको पहुँच थप विस्तार गर्नका लागि पनि कम्पनीले बीटीएस निर्माणलाई तीव्रता दिएको कम्पनीले जनाएको छ । टेलिकमका अनुसार एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी ।

कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शतप्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । मुलुकभर गुणस्तरीय अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित यस आर्थिक वर्षभित्र थप स्थानमा बीटीएस टावर निर्माण गरी सेवा विस्तार गर्ने लक्ष्यका साथ तीव्ररूपमा कार्य भइरहेको बताइएको छ । मुलुकका सातै प्रदेशमा फोरजी÷एलटीई सेवा विस्तार गर्ने कार्य पनि दु्रत गतिका साथ भइरहेकोे छ । अत्याधुनिक प्रविधिहरू उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया