भारत’ले ६ दिनमै कमायो १५९.३० करोड

एजेन्सी । यो वर्षको ईद पर्वको अवसरमा रिलिज भएको अभिनेता सलमान खानको ‘भारत’ फिल्मले ५ दिनमै बक्स अफिसमा १५० करोड भन्दा बढीको ब्यापार गरेको छ । सलमान र क्याट्रिना स्टारर् यस फिल्मले बक्स अफिसमा शान्दार रेस्पोन्स पाइरहेको छ । ईदको अवसरमा ४२.३० करोडको बम्पर ओपनिङपछि ‘भारत’ बक्स अफिसमा उत्कृष्ट कमाई गरिहरेको छ ।

फिल्मले छैटौं दिन अर्थात सोमबार मात्रै पनि ९.२० करोडको ब्यापार गरेको छ । रिलिजमा आएको छैटौं दिनसम्ममा फिल्मले बक्स अफिसमा कुल १५९.३० करोडको ब्यापार गरिकसेको छ । ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार लङ्ग विकेण्डमा शान्दार ब्यापार गरेसँगै विकडेजमा ‘भारत’को कमाईमा गिरावट आएको छ ।

६ दिनमै १५९.३० करोडको ब्यापार गरेको ‘भारत’ २०१९ को दोस्रो सबैभन्दा बढी ब्यापार गर्ने फिल्म बनेको छ । २०१९ को सबै भन्दा बढी ब्यापार गर्ने फिल्म विक्की कौशलको ‘उरी’ हो, जुन फिल्मले लाइफटाइम कलेक्शन २४५.३६ को ब्यापार गरेको थियो ।

‘भारत’ फिल्मको लागि १६ जुन विशेष हुनेछ । किनभने यो दिन भारत र पाकिस्तानबीच क्रिकेट वल्र्डकप म्याच हुँदैछ । जसको कारण उक्त म्याचले सलमानको यस फिल्मलाई प्रभावित पार्नसक्ने देखिएको छ ।

यस फिल्मले ओभरसिजमा पनि राम्रो कमाई गरिरहेको छ । सलमानको ‘भारत’लाई भारतमा मात्रै ४७०० स्क्रिन्समा रिलिज गरिएको छ, भने ओभरसिजमा १३०० स्क्रिन्समा रिलिज गरिएको छ । ट्युवलाइट र रेस–३ को असफतापछि सलमानको ‘भारत’ सुपरहिट फिल्म साबित बनेको छ ।

‘भारत’ साउथ कोरियन फिल्म ‘ओड टु माई फादर’को रिमेक हो । फिल्ममा सलमान र क्याट्रिना कैफको साथमा दिशा पटानी, तब्बु, ज्याकी श्रफ र सुनिल ग्रोवर मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया