कर्णालीका जनतालाई उपचारमा राहत

हुम्लाको चंखेली गाउँपालिका कोर्का गाउँका असौजे सार्कीको भाचिँएको हातमा राखिएको रड आर्थिक अभावको कारण पाँच वर्षदेखि झिक्न पाएका थिएनन् । हातको रड कसरी निकाल्ने भन्ने चिन्तामा रहेको उनी गाउँमै विशेषज्ञ टोलीआएको थाहा पाएर दंग भए । उनी एकाबिहानै कोदोको सुख्खा रोटी खाएर शिविर भएको स्थानमा आए । आफ्ना सबै समस्या चिकित्सकको टोलीलाई बताए पछि पाँच वर्षसम्म हातमा रहको उनको फलामे रड झिकिएको थियो ।

हातबाट रड निकालेपछि सार्कीले भने, ‘जहाज चढेर सुविधा सम्पन्न ठाउँमा गएर यो रड झिकेको भए कम्तीमा एक लाख रुपैयाँ खर्च लाग्थ्यो,’ चिकित्सकको टोलीलाई धन्यवाद दिँदै गर्दा खुसीले दंग प्रफल्लल थियो उनको अनुहार । त्यो नजिकै हुने जो होहीले महसुस गर्न सक्थ्यो ।

यस्तै, हर्निया र हाइड्रोसिल भएर उपचार गर्न नपाएका धेरै बिरामी उपचार आएर दंग थिए । धेरै सुनेका थियौँ तर बल्ल गाउँमा सिंहदरबार आएको अनुभुतीभयो, सर्केगाड गाउँपालिका–६ का रविन्द्र बुढाथोकीले भने । शहरमागएर लाखौँखर्च गगरी उपचार गर्न नसकी रोगपालेर बसेको गाउँलेका लागि ठूलो राहतभएको बुढाथोकीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनशक्ति र कर्णालीप्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कर्णालीका गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान भइरहेको छ । कर्णालीका बासिन्दाका लागि रोगको उपचार गर्न नसकेर मर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्नका लागि विज्ञान प्रतिष्ठान र सामााजिक विकास मन्त्रालयको समन्वयमा हरेक जिल्लामा विशेषज्ञ चिकित्सकको टोली स्वास्थ्य सेवामा लागि परेको छ ।

भौगोलिक विकटता, कठिन जीवन शैली, आर्थिक र जनचेतनाको अभावले कर्णालीका जनताले स्वास्थ्य सेवा निशुल्क भन्ने सरकारको निती छिर्न नपाएको भएपनि यतिवेला विशेषज्ञ सहितको टोलीले सेवा दिँदा केही राहत महसुस गरेका छन् । गाउँमा अहेब र अनमीले दिने सिटामोलको भरमा बाँचेका कर्णालीका जनताका लागि यो विशेषज्ञ टोलीको सेवाले करोडभन्दा बढीको आर्थिक लाभ लिएको अर्का चिकित्सक रमेश भट्टराईले बताए

जाजरकोटबाट सुरु भएको सेवा हाल हुम्ला जिल्लाका विभिन्न गाउँमा प्रदान गरिरहेको छ । स्वास्थ्य टोलीले सर्केगाड गाउँपालिकामा मात्रै विभिन्न रोगका ५४ वटा अपरेसन गरेको छ । ग्रामीण बस्तीमा आर्थिक कमजोरीको कारण थुप्रैले रोग पालेर बस्न बाध्य भएका विपन्न वर्गलाई यसरी उपचारको सेवा पाउँदा हर्षित थिए ।

त्यसोत गाउँले मात्रै होइन, पिछडीएको ग्रामिण भेगमा विपन्न जनताको सेवा गर्न पाउँदा र उनीहरूको खुसी देख्दा चिकित्सक पेसामा लागेका मंगल रावल र उनको टिमम रहेका अन्य चिकित्सक पनि सन्तुष्ट थिए । ‘हामी त सहरमा मात्रै बिरामीको उपचार गरेर बसेका थियौँ, आफूसँग भएको क्षमताको सेवा दिन त साँच्चै गाउँमा छिर्नुपर्ने रहेछ, यस्ता बिरामीको सेवा गर्न पाउँदा छुट्टै आनन्द पाइदो रहेछ,’ डाक्टर हरिहर देवकोटाले भने । दुर्गमको गाउँमा सेवा गर्न पाएकोमा उनी निकै खुसी देखिन्थेँ ।

भौगोलिक विकटता, कठिन जीवन शैली, आर्थिक र जनचेतनाको अभावले कर्णालीका जनताले स्वास्थ्य सेवा निशुल्क भन्ने सरकारको निती छिर्न नपाएको भएपनि यतिवेला विशेषज्ञ सहितको टोलीले सेवा दिँदा केही राहत महसुस गरेका छन् । गाउँमा अहेब र अनमीले दिने सिटामोलको भरमा बाँचेका कर्णालीका जनताका लागि यो विशेषज्ञ टोलीको सेवाले करोडभन्दा बढीको आर्थिक लाभ लिएको अर्का चिकित्सक रमेश भट्टराईले बताए ।

जिल्ला अस्पतालमा एक मात्र दरबन्दीमा रहेका एम्.डि.जि.पि. चिकित्सक अमित विष्टले पनि गाउँमा गएर सेवा गर्दा आफुमा छुट्टै खुसी लागेको बताए । ‘मैले जिल्ला अस्पतालमा आउने बिरामीलाई मात्र सेवा गरेर थोरैलाई मात्रै सेवा दिन पाएको रहेछु, आखिर सेवागर्नु पर्ने ठाउँ कर्णालीका हरेक ग्रामीण बस्ती रहेछ, त्यहाँ रोग र भोगले प्रताडित बिरामीलाई राज्यले दिने सेवा बल्ल पुगेको छ । त्यसमा आफूले जीवन मै अमूल्य सेवा दिन पाएकोमा अति नै खुसी छु ।’ विष्टले भने ।

१४ वर्षसम्म हर्निएको उपचार गर्न नसकेर घरमा नै कुंजिएर बस्नु पर्दाको पिडाबाट मुक्त खुसीको सिमा नरहेको (नाम परिवर्तन) रमेश ऐडीले बताए । ‘उपचार गर्न पैसा थिएन, के रोग लागेको हो थाहा पनि थिएन, गाउँ नजिक रहेको स्वास्थ्य चौकीमा यसको उपचार गर्न सकिन्न डाक्टरले भन्थे, सहरमा गएर उपचार गर्न आफूसँग पैसा नभएकाले १४ वर्षसम्म रोग पालेर बसेको थिएँ’, ऐडीले भने ।

हुम्ला जिल्लाको मैलामा ९ वटा, श्रीनगरमा २३ वटा, सर्केगाडमा ५४ वटा बिरामीको साना ठूला अपरेसनसहितको उपचार गरेको थियो टोलीले । गाउँमै आएको टोलीले गरेको विभिन्न उपचारपछि हुम्ली जनताको करिब दुई करोड रुपैयाँ जोगिएकोे अनुमान विशेषज्ञहरूले गरेका छन् । यसअघि विभिन्न संघ संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा सामान्य चेकजाँच र औषधि मात्रै वितरण हुने गरेको थियो । त्यसले जटिल प्रकारका र लामो समयदेखि उपचार हुन नसकेका रोगलाई प्रभाव पार्न सकेको थिएन ।

तर, यसपटक भने कर्णालीका युवा र केही गरौँ भन्ने सोच भएका डाक्टरको टोली गाउँगाउँमा सेवाका लागि अगाडि बढेकाले जनताले स्वास्थ्य क्षेत्रमा केही राहत पाउने चिकित्सक मंगल रावलले बताए । सहरी क्षेत्रमा सुविधा सबैले दिन्छन्, तर गरिब जनताको घरदैलोमा औषधि र डाक्टर देख्न नपाएका बिरामीलाई उपचार गर्न, सरकारको निःशुल्क स्वास्थ्य सेवा प्रदानगर्ने लक्ष्य हासिल गर्न कर्णालीप्रदेश सरकार लागि परेको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

आगामी आर्थिक वर्षमा अझ प्रभावकारी कार्यक्रम ल्याई कर्णालीका जनतालाई रोगबाट मुक्त बनाउने मन्त्री रावलले जानकारी दिए । कुनै गाउँमा सुत्केरी हुन नसकेर कठिन अवस्थामा जीवन बिताईरहेका महिलालाई आफूले हेलिकोप्टर लगेर उद्धार गरेको उनले बताए कर्णालीका जनतालाई सरकार भएको अनुभूति हुने खालका कार्यक्रम प्रदेश सरकारले यस वर्ष योजना तर्जुमा गरेको उनको दाबी छ ।

हरेक गाउँपालिकामा कम्तीमा एक दरबन्दी एम्डिजिपी चिकित्सकसहित स्वास्थ्यकर्मी भएको सुविधा सम्पन्न अस्पताल स्थापना हुनुपर्ने सरकारको नीति छ । सिमकोटमा रहेको जिल्ला अस्पतालमा गएर पनि उपचार गर्न नसक्ने गाउँमा थुप्रै आर्थिक अभाव भएका रोगी रहेका छन्, तर चिकित्सक र औषधि कस्तो हुन्छ भनेर देख्न नपाई मृत्युवरण गर्नेको संख्या अझै हुम्लामा हजारौँ छन् । हाल विशेषज्ञको टोली सिमकोट गाउँपालिकामा रहेको जिल्ला अस्पतालमा रही सेवादिई रहेको छ ।

त्यसैगरी कर्णालीप्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा एक डाक्टरको टोली हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको हिल्सामा पर्यटकलाई उपचारको लागि सेवा दिन वर्ष दिन नै तैनाथ रहने गरी खटाएको छ । पर्यटकको आवागमन हुने समयसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको जनशक्तिले भारतीय र अन्य मुलुकबाट हुम्ला घुम्न आएका पर्यटकलाई स्वास्थ्य सेवा दिइरहेनछन् ।

प्रतिक्रिया