प्राइम बैंकमा नयाँ सञ्चालक समिति

काठमाडौं । प्राइम कमर्सियल बैंकको ११औँ साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पारित गरेको छ । आइतबार सम्पन्न साधारणसभामा बोर्डले प्रस्ताव गरेका १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारित गर्न आइतबार ११ औँ वार्षिक साधारण सभामा बोलाएको थियो । सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चाकलमा तीन जना नयाँ सञ्चालक समिति समेत सर्वसम्मतबाट चयन गरेको छ । सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जना पनि चयन गरेको भएको छ ।

नयाँ सञ्चालकमा संस्थापककोतर्फबाट उदयमोहन श्रेष्ठ, राजेन्द्रदास श्रेष्ठ र नरेन्द्र बज्रचार्य सर्वसम्मतले चयन भएका छन् भने सर्वसाधारणको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया